२० कार्तिक २०८३, शुक्रबार

माध्यमिक शिक्षा परीक्षामा दाङबाट ११ हजार बढी परिक्षार्थी सहभागी हुँदै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुधासुमन ढकाल

दाङ, १ चैत । यहि चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दाङबाट जम्मा ११ हजार २ सय ९९ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

नियमित, एक्जाम्टेड र ग्रेडवृद्धिका गरी ती विद्यार्थी सामेल हुने भएका हुन् । जसमध्ये छात्रा ६ हजार ८५ र छात्र ५ हजार २ सय १४ जना सहाभागी हुने जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार नियामित तर्फ १० हजार ९ सय ७६ जना र एक्जाम्टेड तर्फ ३ सय २३ जना विद्यार्थी सामेल हुने छन् ।

विगतमा एसएलसी (प्रवेशिका) भनिने यो परीक्षा यसवर्षबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० का नामबाट सञ्चालित हुँदैछ । शिक्षा ऐनमा गत वर्ष संशोधनपछि कक्षा १२ मा एसएलसी हुनेछ ।

जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनालीका अनुसार परीक्षाका लागी दाङमा ४२ केन्द्र र केन्द्राध्यक्ष, ५८ जना सहायक केन्द्राध्यक्ष, ५ सय २ जना निरीक्षक, २ सय ६१ जना सहयोगी, ५ जनाको अनुगमन टोली र आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन हुनेछन् ।

परीक्षामा अमर्यादित र अनियमित व्यवहार गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही र परीक्षा रद्दसमेत गरिने मैनालीले बताउनुभयो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा चैत १४ गतेसम्म चल्नेछ ।