५ मंसिर २०८३, शनिबार

प्रधानमन्त्री बनेको ८ महिनापछि चीन भ्रमणमा जाँदै प्रचण्ड

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चैत १० गते चीन भ्रमणमा जाने भएका छन् । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो ।

प्रधानमन्त्री बनेपछि उनी दुईचोटी भारत गइसकेका छन् । नेपालस्थित चिनियाँ दूताबासका अधिकारीहरुले सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको मिति टुगो लगाएका हुन् । भ्रमणको मिति मार्च २३ र २४ का लागि तय भएको परराष्ट्र स्रोतले बतायो ।

चीनमा रहँदामा प्रचण्डले चिनियाँ राष्ट्रपति शी जिनपिङ, प्रधानमन्त्री ली खयाच्छी लगायत उच्चस्तरीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । चीनले ल्याएको ओविआर परियोजनामा नेपालको प्रतिनिधित्व सुनिश्चित गराउन प्रधानमन्त्री चीन जान लागेको सुत्रहरुको भनाई छ ।