कपिलवस्तु, ३० फागुन । प्रमुख प्रतिपक्ष नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानले पार्टी प्रवेशको लहर चलेको छ ।
यसैक्रममा सोमबार नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य जीवन चौहानसहित करिब तीन हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
मेची महाकाली अभियान अन्तर्गत कपिलवस्तुको जीतपुरमा आयोजित जनसभामा माओवादी केन्द्रका नेता चौहानसहित कांग्रेस, राप्रपा, मधेसवादी दलबाट तीन हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको प्रचार विभाग प्रमुख विष्णु रिजालले जानकारी दिए ।
नवप्रवेशीलाई पार्टीका वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल लगायतले टिका लगाएर स्वागत गरे ।












प्रतिक्रिया