२० कार्तिक २०८३, शुक्रबार

तुलसीपुरमा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु, ४ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुधासुमन ढकाल

दाङ, ३० फागुन । दाङको तुलसीपुरमा करेण्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ, भने ४ जना घाइते भएका छन् ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरको सवस्टेसनबाट रोल्पाको सिमेन्ट उद्योगका लागि बे्रकर (लाइन काट्ने र बन्द गर्ने सूईच) राख्ने क्रममा कैलालीको जोशीपुर ९ निबासी ३५ बर्षका देशराम डगौराको करेन्ट लागेर मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ ।

त्यसैगरी ४ जना घाइते मध्य गम्भिर भएका खिमलाल चौंधरीलाई नेपालगञ्जमा सामान्य उपचार पछि थप उपचारका लागि लखनौ रिफर गरिएको छ । विद्युत चुहावट भएर हो या कुनै कारणले हो भन्ने विषयमा अनुसन्धान भइरहेको नेपाल विद्युत प्राधिकरण वितरणकेन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिए ।

सवस्टेसनमा ३३ केभिए क्षेमताको विद्युत पावर छ ।