१९ कार्तिक २०८३, बिहिबार

भैरहवामा एमालेले ५० हजार जनता ओराल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश के.सी

रहवा, १९ फागुन । काँकडभिट्टाबाट शुरु भएको एमालेको मेची महाकाली राष्ट्रिय जागरण अभियान आज भैरहवामा आउँदैछ ।

भैरहवाको सभाको तयारी पूर्ण भएको एमाले मेची महाकाली अनुगमन, समन्वय र निर्देशन समितिका संयोजक पुष्पाञ्जलि उपाध्ययले जानकारी दिइन् ।

आइतबारको सभामा कम्तीमा ५० हजार कार्यकर्ता सहभागी हुने एमाले रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीले दाबी गरेका छन् ।

भैरहवाको सभालाई व्यवस्थित गर्न एमाले उमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल एक हप्तादेखि नै जिल्लामा खटिएका छन् ।

भैरहवाको अञ्चलपुरमा हुने सभास्थलमा अभियान प्रवेश गर्ने ३ वटा द्वार बनाइएको एमालेले जनाएको छ । पहिलो भैलुभुजा अगाडि, दोस्रो मैदामिल र तेस्रो अन्नपूर्ण टोलबाट सभास्थलमा प्रवेश गर्ने गरी व्यवस्था मिलाइएको छ ।

सभामा एमाले अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, अष्टलक्ष्मी शाक्य लगायतका शीर्ष नेतृत्वले सम्बोधन गर्ने आयोजकले जनाएका छन् ।