३१ आश्विन २०८३, शनिबार

टुबोर्ग नेपालगञ्ज गोल्डकपः संकटा सेमिफाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, २८ फागुन । नेपाल प्रहरी दोस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा संकटाले कठिन जित निकालेको छ । जितसँगै संकटा सेमिफाइनलमा पुगेको छ ।

आज भएको प्रतियोगितामा संकटा क्लव र एपिएफ विच भएको खेलमा दास्रो हाफको ५५ औं मिनेटमा एपिएफका जर्सी नं १४ का श्याम नेपालीले गोल गरेका थिए । त्यस लगत्तै संकटा क्लवका क्याप्टेन जर्सी नं. ५ का रभि सिलवालले गोल गदै खेललाई बराबरी बनाएका थिए ।

निकै प्रतीस्पर्धामा चलेको खेलमा संकटा क्लवका जर्सी नं. ९ का राज पौडेलको गोल गरेपछि संकटा क्लवको लागि जितका लागि सफल बनाएका थिए । आजको खेलमा म्यान अफ दि म्याच पनि संकटा कै राज पौडेल नै हुनुभएको छ । उहाँले एउटा लेनोभोको एक सेट मोबाईल हात पारेका छन् । भोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी र रुपनदेहि ११ बिच भिडन्त हुनेछ ।