३१ आश्विन २०८३, शनिबार

युनाइटेड नेप्लिज एसोसिएसनको सम्मेलनमा अर्बपति उद्योगपति चौधरी आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डिसी । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )को सम्मेलन आगामी मेमोरियल डे (स्मारक दिवस )को सप्ताहमा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मे २६ देखि २८ तरिखमा हुने भएको छ ।

गत मार्च १० तारिखमा सम्मेलन बारे जानकारी दिने हेतुले समुदाय तथा संचारकर्मिको उपस्थितिमा टेक्सस ड्यालसमा युनाइटेड नेप्लिज एसोसिएसनले दोश्रो बार्षिक सम्मेलन गर्ने निधो गरेको छ ।

युएनए का संस्थापक सभापति पासांग लामाले युवाहरुको नेतृत्वमा आगामी युएनए सम्मेलन हुने बताए । उनीहरुमा अद्भुत शक्ति, आँट, जोश र जाँगर हुने भएकोले उनीहरुको काँधमा जिम्मवारी गत बर्ष दिएको जस्तै दिने बताए ।

युएनए संस्था गैर राजनैतिक, गैर धार्मिक, जातिय वा क्षेत्रीय सोंचबाट मुक्त रहेको संस्थापक लामाले बताउदै सम्मेलनमा सबैलाई सहभागी हुन् अनुरोध गरेका छन् । उनले अमेरिकामा विभिन्न संघ तथा संस्थाले बर्ष भरि नै कार्यक्रम गर्ने हुनाले कसै संग कार्यक्रम मेल नखाने समयमा पक्का गरेको बताए ।

उक्त भेटघाट कार्यक्रममा संस्थाका संस्थापक पासांग लामाले अतिथिहरुमा नेपालका एक मात्र अर्बपति बिनोद कुमार चौधरी, नेपाल क्रिकेटका टोलि नेता पारस खड्का, नेपालका लागि पूर्व अमेरिकन राजदुत स्कट डेलिसी तथा अन्य अतिथिहरु आउने जानकारी दिएका छन् ।

उक्त  कार्यक्रममा  एनआरएन अमेरिका अध्यक्ष पदका प्रत्याशी गौरी राज जोशी, एनआरएन अमेरिकाका वर्तमान उपाध्यक्ष राम पोख्रेल, पत्रकारहरुको तर्फबाट शैलेश पोख्रेल, बिडीए का टेक्सास च्याप्टर अध्यक्ष शिव काफ्ले, नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने, जनसम्पर्क समिति अमेरिका वेस्ट च्याप्टरका सभापति हरिबोल भण्डारीले आफ्ना विचार राख्दै सफलताको शुभकामना दिएका थिए ।

सम्मेलनको लागि बिभिन्न समिति निर्माण गर्ने आदी काम अगाडी बढी रहेको छ भने ३ दिन सम्म चल्ने उक्त सम्मेलनको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट विभिन्न संघ/संस्थाका सदस्य तथा पदाधिकारीहरु गरि हजारौको संख्यामा आउने छन् ।

साथै उक्त युएन ए सम्मेलनमा छलफल, बहस, बिभिन्न मंचका कार्यक्रम, खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु हुने छन् । खेलकुदमा पुरुष भकुण्डो, भलिवल, बास्केटबल, महिला फुटबल, गल्फ, टेबल टेनिस आदी इत्यादी खेलहरु हुने छन् । खेलकुदमा अमेरिकाका विभिन्न राज्यहरुबाट खेल टोलि सहित ५ सय भन्दा ज्यादा आउने भएका छन् ।

कार्यक्रम ड्यालस फोर्थ को विमानस्थल स्थित शेराटनद्वारा संचालित फोर पोइन्ट्स अतिथि गृह (होटेल)मा  हुने भएको छ । अतिथिहरुको लागि आफ्नो स्थान सुरक्षित गर्न समेत आब्हान गरिएको छ । यो भन्दा अगाडी गत बर्ष युनाइटेड नेप्लिज एसोसिएसन को सम्मेलन लस एन्जेलसमा जुलाई ४ स्वतन्त्रता दिवसको सप्ताहमा गरिएको थियो ।