– मिना बुढाथोकी
सल्यान, २८ फागुन । सल्यान र रुकुम चौहरजारी सडक खण्डको मुलखोला ८ त्रिवेणि वजारमा निमार्णधिन पक्की पुलको काम अवरुद्ध भएको छ । स्थानीयले निमार्णधिन पुल आसपासको जग्गा मुआव्जा खोजे पछि पुलको काम अवरुद्ध भएको हो ।
३० महिनामा सम्पन्न हुने भनिएको उक्त पुलको सम्झौता भएको १ वर्ष वित्न लागि सकेको छ । निक्कै तिव्र गतिमा निमार्ण भएको पुलको कामको २ वटा पिलर र पिलर आसपासको वालको काम भैरहेको थियो । स्थानीय जग्गा धनिहरुले पुल निमार्ण स्थलको आसपासको खेतीयोग्य जमिनको क्षेतीपुर्ति मागे पछि ठेकेदारले क्षेतीपुर्ति दिन नसकिने र सडकको मापदण्ड अनुसार १५ मिटर क्षेत्र भित्र पुल वनेकोले मुआव्जा दिन नसकिने ठेकेदारको भनाई रहेको छ ।
जग्गा धनि र ठेकेदार विच कुरा नमिल्दा पुलको सर सामान समेत लथालिङ्ग अवस्थामा रहेको छ । सडक डिभिजन कार्यलय दाङ्गका अनुसार निर्माणधिन पुलको जग्गा मुआव्जा विवादले काम रोकिएको र १५ मिटर सडकको अधिनमा भएकोले जग्गाको मुआव्जा दिन नसकिने डिभिजन प्रमुख शिरी वहादुर घिमेरी वताए । त्यसै गरि उक्त पुलको कामको जिम्मा पाएको हरिहरी निमार्ण सेवाका ठेकेदार हरि वहादुर रावतका अनुसार निक्कै तिव्रगतिमा वन्दै गरेको पुलमा स्थानीयले अवरुद्ध गरेको र जग्गा मुअव्जाको विवाद झिकेर समस्या वनाएको वताए ।
बन्गाड खोलामा पक्की पुल नहुदाँ वर्षातमा यातायातका साधान आवत जावतमा समस्या हुने गरेको छ । नेपालगञ्ज देखि रुकुम चौहरजारी हुदै खलंगा सम्म जाने सम्पुर्ण यातायातका साधान वर्षातमा उक्त खोलाले अवरुद्ध गर्ने गरेको छ । वर्षातमा पुल नहुदाँ यातायातका साधान आवत जावतमा समस्या हुदाँ सल्यान, सुर्खेत र डोल्पा क्षेत्रका स्थानीय वासिन्दा पैदल यात्रा गर्ने गरेका छन् ।
वन्दै गरेको पक्की पुलको काम अवरुद्ध भए पछि स्थानीय प्रशासनले जानकारी नभएको वताएको छ । उक्त सडक खण्डमा सडक मिचिेर घर निमार्ण हुनुका साथै सडकै मिचेरै खेतीयोग्य जमिन वनाउदा समेत सडकले आफ्नो क्षेत्र निर्धारण नगर्दा थप समस्या देखिन थालेको छ ।
कामको जिम्मा लगेका ठेकेदारको लापरवाहिका कारण उक्त सडक खण्डमा वर्षेनी सडकको नाली निमार्ण,वाल,ग्रयावेल लगाएतका कामहरु आधाउधिमै सकिने गरेका छन् ।












प्रतिक्रिया