१९ कार्तिक २०८३, बिहिबार

होली खेल्दा खेल्दै बैतडीमा एक बालिकाको ज्यान गयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २८ फागुन । बैतडीको न्वालीमा होली खेलिरहेकी बालिकाको ट्रकको ठक्करबाट ज्यान गएको छ ।

बैतडीका प्रहरी प्रमुख डीएसपी हेरम्ब शर्माका अनुसार शनिबार दिउँसो १२ बजे बैतडी–दार्चुला सडकखण्ड अन्तर्गत न्वाली गाविसको बितकम सडकमा होली खेलिरहेका बेला दार्चुलाबाट धनगढीका लागि छुटेको ना ७ ख ३२७ नम्बरको ट्रकले ठक्कर दिँदा न्वाली–७ कि १३ वर्षकी हिराकुमारी ऐरीको मृत्यु भएको हो ।

घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।