१९ कार्तिक २०८३, बिहिबार

भारतीय ज्यादतीको विरोधमा कैलाली र कञ्चनपुर बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काञ्चनपुर, २८ फागुन । आनन्दनगरमा भारतीय सुरक्षाबल एसएसबीको गोली प्रहारबाट गोविन्द गौतमको मृत्यु भएपछि स्वस्फुर्त रुपमा कैलाली र कञ्चनपुरमा प्रदर्शन गरेका छन् ।

गौतमको मृत्यु भएको विरोधमा स्थानीयले कैलाली र कञ्चनपुरमा आज पनि बन्द आह्वान गरेर प्रदर्शन गरेका हुन् । एसएसबीको ज्यादती विरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाको आनन्दनगरमा कच्ची सडकमा नेपाल–भारतको सहमतिमा कल्र्भट बनाउने विषयमा एकतर्फ रुपमा एसएसबीले गोली चलाएको थियो ।

एसएसबीको ज्यादती विरुद्ध मध्य र सुदूरपश्चिमाञ्चलका अधिकांश जिल्लाहरूमा भारतको विरोध भइरहेको छ । सरकारले गोविन्द गौतमलाई सहिद घोषणा गरिसकेको छ ।