१९ कार्तिक २०८३, बिहिबार

जाजरकोट बस दुर्घटनाः गम्भीर घाइते ३२ जनाको नेपालगन्जमा उपचार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

नेपालगन्ज, २७ फागुन । हिजो जाजरकोट बस दुर्घटनाका पिडित परिवारले क्षतिपुर्ति र औषधि उपचारको माग गरेका छन । मृतकका आफन्तहरुले क्षेतिपुर्ति र घाइतेका परिवारले औषधि उपचारको माग गरेका हुन ।

बिहिबार भएको दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन । सदरमुकाम खलंगाबाट पश्चिमी क्षेत्रको खाराको लागि जादै गरेको ना.३ ख २२७९ नम्बरको यात्रु बाहक बस सडकबाट पल्टिएर ठुलो दुर्घटना भएको थियो ।

दुर्घटनापरी आफन्त गुमाएका र घाइते भएका परिवारले सरकारसंग क्षतिपुर्ति र औषधोपचारको माग गरेका छन । पिडित परिवारको पक्षमा सदरमुकाम खलंगामा क्षतिपुर्ति र औषधोउपचारको माग गर्दै बिरोध पर्दशन समेत गरेका छन् ।

घटनास्थलमा ९ जना, उपचारको क्रममा जाजरकोट अस्पतालमा १६ जना र मिसन हस्पिटल चौरजहारी रुकुममा १ जना गरी २६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

मृत्यु भएका मध्य २३ जनाको सनाखत भए पनि ३ जनाको भने अहिले सम्म पनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा लहँ ४ का रामवहादुर वस्नेत, सीमा ९ स्यापीका मदन पुन, भेरी मालिका नगरपालिका ४ वोहराका नवीन चन्द, साल्मा ५ का नन्दलाल जैसी, भेरी मालिका नगरपालिका १०का सन्तोष राना रहेका छन् ।

त्यस्तै भेरी मालिका नगरपालिका ११ का गोपाल सुनार, सर्मिला सुनार,नगरपालिका ४ रानागाउँका गणेश वोहरा, नगरपालिका ३ की शान्ता सुनार,दसेरा १ का दिलवहादुर वुढाको पहिचान खुलेको छ ।

रुकुम चौरजहारीका कृष्ण गिरी, दसेरा २ का मनीराम जैसी, भेरीमालिका नगरपालिका १२ का वहादुर भनारी, मजकोट ७ का दले तिरुवा, भेरीमालिका नगरपालिका १३की हिउसा गिरी, स्वीकोट सल्यानका उदय वुढा र गर्खाकोट २का हरिवहादुर शाहीको पनि पहिचान खुलेको छ । त्यस्तै पजारु ८का नैन दमाइ, भेरीमालिका नगरपालिका ८ का चैते खत्री, भेरी मालीका नगरपालिका ११की गोप्ली सुनार र जुंगाथापाचौर ५का भरत विसी, साल्मा ५का आइते कामी र जिते कामी रहेका छन ।

दुर्घटनामा घाइतेहरु मध्य ३२ जनाको नेपालगन्जमा उपचार भइरहेको र ४ जना सामान्य घाइतेको भने जिल्ला अस्पताल जाजरकोटमै उपचार भइरहेको प्रहरीले जनाएको छ । गंभिर घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरवाट शुक्रवार विहान सम्म नेपालगन्ज पुर्याइएको छ । सरकारी वेवास्ता र यातायात व्यावसायीको लापरवाहिले बर्षेणि जाजरकोटमासडक दुर्घटना हुनेगरेको छ ।