१९ कार्तिक २०८३, बिहिबार

अनेरास्ववियुको आयोजनामा होली मिलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २७ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटीको आयोजनामा शुक्रबार क्याम्पसमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो समय केन्द्रीय राजनीतिमा जस्तै क्याम्पसहरुमा पनि राजनीतिक धु्रवीकरण भई भाइचाराको सम्बन्ध खलबलिन पुगेको र इतिहासको सम्बन्धलाई यथावत रुपमा राख्नका लागि होली मिलन कार्यक्रम आयोजना गरिएको क्याम्पस कमिटी अध्यक्ष सरोज ठकुरीले जानकारी दिए ।

होली मिलन कार्यक्रममले विद्यार्थीहरुमा एकअर्काबीच भाइचाराको सम्बन्ध प्रघाढ गर्न महत्वपूर्ण भूमिका खेलेको अनेरास्ववियुले जनाएको छ ।

अध्यक्ष ठकुरीको अध्यक्षता, एमाले जिल्ला कमिटी सदस्य उमा अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियुकी जिल्ला सहसचिव लक्ष्मी केसी, क्याम्पस प्रमुख अनिल कुमार झा, प्राध्यापकहरु क्ृष्ण बश्याल, डिल्लिराज भट्टराई, प्रशासकीय प्रमुख लक्ष्मी शर्मा लगायतको आतिथ्यता रहेको थियो । सचिव भिम भण्डारीको संचालन तथा उपाध्यक्ष सागर यादवको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।