१९ कार्तिक २०८३, बिहिबार

काठमाडौँवासी काकाकुल बन्नुपर्ने स्थितिको अन्त्य गर्छु: मन्त्री शाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ,२६ फागुन । नवनियुक्त खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौँवासीले भोग्नु परेको खानेपानीको समस्याको अन्त्य गरेर छाड्ने उद्‌घोष गरेका छन्‌ । शुक्रबार खानेपानी तथा सरसफाई मन्त्रालयमा पदभार ग्रहण गर्दै  मन्त्री शाहीले सो कुरा बताएका हुन् ।

शाहीले मेलम्ची खानेपानी काठमाडौँवासीको आशाको सपना भएकाले त्यो सपना पूरा गर्न प्रतिबद्ध रहेको बताए । मन्त्री शाहीले भने,”अब मेलम्ची असोजमा होइन असारमा ल्याउने कार्य योजना हुनुपर्छ ।” धूवाँ र धूलोले जनताको स्वास्थ्यमा गम्भिर असर परेको भन्दै शाहीले यसबाट मुक्ति दिलाउन प्रयास गर्ने बताए । आमाले पानी नपिउदासम्म हामी स्वस्थ रहन सक्दैनौँ । त्यसैले यो मन्त्रालयको महत्त्वको विषयमा थप भनि राख्नु पर्दैन शाहीले थपे । शुद्ध खानेपानी हरेक मानिसको अधिकार र आवश्यकता भएको भन्दै मन्त्री शाहीले यसका कसैसँग सम्झौता नहुने बताए । आधारभूत रुपमा जनतालाई खानेपानी खुवाउने आफ्नो लक्ष्य शाहीले कर्मचारीलाई विदेश   मन्त्री शाहीले बताए ।

गाउँ गाउँमा खानेपानी पुर्‍याउन कामको गतिलाई १० गुनाले बृद्धि गर्न समेत कर्मचारीलाई मन्त्री शाहीले निर्देशन दिए ।  बजेटको हिसाबले पर्यटन मन्त्रालय भन्दा खानेपानी मन्त्रालय ३२ गुणा ठूलो भए पनि व्यवस्थापन नहुँदा जनतालाई शुद्ध खानेपानी खुवाउन नसकिएको मन्त्री शाहीको धारणा छ ।  आफूले हुम्लामा एक घर एक चर्पी अभियान सञ्चालन गरेको भन्दै उनले यसलाई देशव्यापी रुपमा लाने बताए । कमिसन र जनतालाई झुक्याउने काममा नलाग्न कर्मचारीलाई आग्रह गर्दै उनले जनताको हितमा काम गर्न निर्देशन दिए ।

सोही अवसरमा राज्यमन्त्री दीपक खड्का र सचिव भीम उपाध्यायाले पनि आफ्नो भनाई राखेका थिए ।

आफूले बसाएको थिति र सुधारको कार्यक्रमलाई निरन्तरता दिन आग्रह

यस्तै शाहीले पर्यटन मन्त्रालयबाट विदाई हुंदै आफूले बसाएको थिति र सुधारको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् । पर्यटन मन्त्रालयका कर्मचारीलाई इमानदार भएर उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दै देशको शिर निहुरिने गरि कुनै पनि काम नगर्न सुझाव दिएका छन्‌ ।

उनले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । पशुपतिको मूख्य मन्दिर परिसरको भूकम्पबाट ध्वस्त भएका संरचनाको पुर्ननिर्माण आफैले गर्नुपर्ने भन्दै त्यसमा अडिग रहन सक्नुपर्ने धारणा राखे । जहाज खरिद लगायतका पर्यटन पूर्वाधार निर्माणका कामलाई पनि अहिलेकै गतिमा अगाडि बढाउन आग्रह गरे ।