काठमाडौं, २६ फागुन । कञ्चनपुरमा पुनर्वासमा भारतीय सुरक्षाकर्मीको गोली लागि एक नेपालीको मृत्यु भएको विरोधमा नेकपा माओवादी केन्द्रले बन्द आह्वान गरेको छ ।
भारतीय पक्षबाट नेपाली माथि भएका ज्यादतीको विरोधमा भोलि ७ नम्बर प्रदेशमा बन्दको आह्वान गरिएको माओवादी केन्द्रको ७ नं. प्रदेशका प्रचार विभाग प्रमुख ओम विक्रम भाट (सरल)ले जानकारी दिए ।
बन्दमा सहयोग सहयोग पुर्याउन आम जनसमुदाय नागरिक समाज र अन्य राजनीतिक दलसँग समेत उनले आग्रह गरेका छन् । आज भएको उक्त घटना नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि पाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुङ्गा हानाहान हुन पुग्दा झडपको स्थिति बनेको थियो ।
स्थिति नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएका थिए । गोली लागेर घाइते हुन पुगेका पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु अस्पताल लादै गर्दा मुत्यु हुन पुगेको थियो ।













प्रतिक्रिया