१९ कार्तिक २०८३, बिहिबार

भारतीय सुरक्षाकर्मीबाट नेपाली मारिएपछि शान्ता चौधरी आक्रोशित, दह्रो प्रतिवाद गर्न आह्वान

12.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नेकपा एमालेकी नेतृ एवं पूर्व सांसद शान्ता चौधरीले भारतीय हस्तक्षेपविरुद्ध प्रतिवादमा उत्रिन सम्पूर्ण नेपालीहरुमा आह्वान गरेकी छन् ।

कञ्चनपुरको पुनर्वासमा भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिक गोविन्द गौतम मारिएको घटनामा प्रतिक्रिया दिँदै शान्ताले भारतीत हस्तक्षेपविरुद्ध दह्रो प्रतिवाद गर्न सरकारलाई पनि आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्– ‘भारतले हेप्नसम्म हेपेकै हो । खेताला खटाएर जातीय द्वन्द्व मच्चाउन खोजेकै हो । पोहोर सुनसरीमा पसेर नेपाली मार्यो, अहिले कञ्चनपुरमा गोबिन्द गौतमलाई मार्यो । उल्टै मारेको छैन भनेर झुठ बोल्दैछ । सरकारले दह्रो प्रतिवाद गरोस्, जनता हामी साथ छौं ।’