१९ कार्तिक २०८३, बिहिबार

मिर्गाैला रोगीलाई दुई लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फाल्गुन । नेपाल चाइनिज गाईड एशेसियसनले विश्व मिर्गौला दिवसको अवसर पारेर दुबै मृर्गौला विग्रिएका राजेन्द्र कुमार कार्कीलाई आज आर्थिक सहयोग उपलब्ध गराएको छ ।

एशोसियसनका अध्यक्ष आपुलाल अवालेले स्यांजा घर भई स्वयम्भूमा बस्ने ५४ वर्षीय कार्कीलाई उहाँकै निवासमा दुई लाख आठ हजार आठ सय रुपियाँ हस्तान्तरण गर्नुभएको हो ।

एशोसियसनका कार्यकारी सदस्य इश्वरीप्रसाद ज्ञवालीको नेतृत्वमा राजेन्द्र कार्की सहयोग अभियान संचालन गरी टुरिष्ट गाइडहरुबाट चार दिनमा सो रकम संकलन गरिएको थियो ।

कामकै सिलशिलामा केही महिनाअधि उहाँ नौ दिनसम्म बेहोस हुनुभएको थियो । उपचारका क्रममा उहाँका दुबै मिर्गौला काम नलाग्ने अवस्थामा पुगेको पत्ता लागेको थियो ।

हप्तामा तीन पटक डायलासिस गराउँदै आउनुभएका उहाँले आर्थिक सहयोगको लागि एशोसियसनलाई अनुरोध गर्नुभएको थियो ।

अध्यक्ष अवालेसहित उहाँको निवासमा पुगेका पदाधिकारीहरुले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।