१९ कार्तिक २०८३, बिहिबार

यूएन मिसनमा हाइटी जाने प्रहरी टोलीको विदाई, को–को छन् ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ हाइटी स्थित एफपियु मिनुस्ताह मिसन २२ औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई निमित्त प्रहरी महानिरीक्षक डा.दिनेश चन्द्र पोख्रेलले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाई गर्नुभयो ।

बिदाई समारोहमा निमित्त प्रहरी महानिरीक्षक पोख्रेलले उक्त टोलीका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुको साथै खटि जाने प्रहरी कर्मचारीहरुको निरीक्षण समेत गर्नुभयो ।

सो अवसरमा मिसनमा खटिने प्रहरी कर्मचारी देश, प्रहरी संगठन र राष्ट्रसंघको शान्तिदुत हुने भएकोले यसको बहूआयामिक पहिचान र भूमिकालाई बुझेर उच्च मर्यादामा रही संयुक्त राष्ट्रसंघ तथा मिसनको म्यान्डेटलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक पोख्रेल नेपाल प्रहरीको मात्र नभई मुलुकको प्रतिनिधित्व गरेर शान्ति सद्भावदुतका रुपमा जाने हुदाँ टोलीले दायित्व र अवसर दुवैलाई मनन् गरी आफ्नो पेशागत दक्षता, क्षमता र व्यावसायिकताको उच्चतम् उपयोग गर्दै राष्ट्र र संगठनको गरिमालाई उच्च राख्न उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभयो ।

खटिजाने टोलीले मर्यादा र अनुशासनलाई पालना गरी एकतालाई कायम राखी मिसनमा आफ्नो व्यवसायिक कार्यकुशलता प्रर्दशन गर्नुका साथै बिदेशमा रहँदा प्रहरी कर्मचारीले युएनको नीति अनुरुप तोकिएको जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिनुहुदै निमित्त प्रहरी महानिरीक्षक पोख्रेलले प्रहरी कर्मचारीहरुको बिदेशको कार्यकालको सफलता र व्यक्तिगत स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

समारोहमा प्रतिबेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रहरी उपरीक्षक सुरेश बस्नेतले फागुन २८ गते त्यसतर्फ खटि जाने टोलीमा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ६, प्रहरी नायव निरीक्षक २१, प्रहरी सहायक निरीक्षक २१, प्रहरी हवल्दार ५४, प्रहरी जवान २८ र प्रहरी कार्यालय सहयोगी ५ जना गरी जम्मा १ सय ४० जना रहेकोे जानकारी दिनुभयो ।

समारोहमा प्रहरी नायव महानिरीक्षकहरु लगायत प्रहरी प्रधान कार्यालयस्थित प्रहरी अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।