काठमाडौं, २६ फागुन । सिप्रदियन सहायता संस्थाले नेपालका राष्ट्रिय खेलाडी सुनिल धमला र आरिफ शेखलाई क्रिकेट सामग्री हस्तान्तरण गरेको छ ।
विहिवार आयोजित एक कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् सिप्रदि ट्रेडिङ प्रालिका निर्देशक शम्भुप्रसाद दाहाल र कम्पनीका उपाध्यक्ष शौरभ राज थपलीयाले खेलाडीलाई एक एक थान व्याट, प्याड, हेल्मेट र अन्य जरुरी सामाग्री संयूक्त रुपमा प्रदान गरेका छन् । सिप्रदीयन सहायता संस्थाले यी दुई खेलाडीहरुलाई विगत ६ महिनादेखि प्रायोजन गर्दे आएको छ ।
सिप्रदियन सहायता संस्था सन् २०१२ मा सिप्रदि ट्रेडिङ प्रालिद्वारा स्थापित गैर–सरकारी संस्था हो जसले समाजको हितको लागी काम गर्दैआएको छ । उक्त संस्थाले शैक्षिक क्षेत्रमा जेहेन्दार र गरिब बालबालिकाको लागी छात्रवृत्ति प्रदान गर्नुका साथै शिपमुलक तालिम प्रदान गर्दै आएको छ ।
यस संस्थाले प्राकृतिक बिपत्ति र प्रकोपका लागी आपत्कालीन राहत र पुनःस्थापनाका कार्यक्रमहरु सञ्चालन समेत गर्दै आएको छ ।
















प्रतिक्रिया