लण्डन । व्यक्तिगत भ्रमणमा लण्डन आएकी कांग्रेस नेतृ डा. आरजु देउवा संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को विशेष निमन्त्रणामा स्वीजरल्याण्ड प्रस्थान गरेकी छन् ।
स्वीजरल्याण्ड जानपूर्व आरजुको सम्मानमा लण्डनको एक नेपाली रेष्टुरेन्टमा रात्रिभोजको आयोजना गरिएको थियो । रात्रिभोजमा उपस्थित समाजसेवी आशा राईले फुलको पुष्पगुच्छा दिदै जेनेभामा अन्तर्राष्ट्रिय नारी दिवसमा सरीक रहन यात्राका लागि शुभकामना दिइन् ।
स्वीजरल्याण्डमा परिषदले आयोजना गरिएको दुई दिने गोष्ठिमा आरजुले दुवै दिन बोल्ने कार्यक्रम छ । पहिलो दिन महिलाहरु अझै पनि किन पछाडी परेका छन् भन्ने विषय र दोस्रो दिन विश्वमा विरामीहरुको संख्या र मृत्युदर बढिरहेको विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।
डा. आरजु विगत दुई दशक अघिदेखि महिला तथा मानवअधिकारका विषयमा समाजसेवा गरिरहेका कारण संयुक्त राष्ट्रसंघले उनको योगदानको कदर गर्दै परिषदको गोष्ठिमा वक्ताको रुपमा विशिष्ट अतिथि निमन्त्रणा गरेको हो ।
स्रोतका अनुसार गोष्ठि सकिएपछि आरजु मार्च १० तारिख दिउँसो लण्डन फर्किने र सोमवार बेलुकी काठमाण्डौं प्रस्थान गर्नेछिन् ।















प्रतिक्रिया