– जानु पाण्डे
कपिलवस्तु, २४ फागुन । राष्ट्रपति बिद्यादेबी भण्डारीले राष्ट्रपति महिला उत्थान कार्यक्रम २०७३ को शुभारम्भ गर्नुभएको छ । तौलिहवामा आयोजित समुदघाटन समारोह पहिलो चरण अन्र्तगत ३० जिल्लामा कार्यक्रम संचालन हुने बताईएको छ । नेपाल सरकारको आ.व. ०७३/०७४ को वजेट वक्तव्यमा महिला उत्थान कार्यक्रम अन्र्तगत कार्यक्रमको उद्घाटन गर्दै सो कार्यक्रम औपचारिक रुपमा सुरुवात भएको घोषणा गर्नुभएको हो ।
कार्यक्रममा राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यविधि २०७३ समेत बिमोचन गर्नुभएको छ । उहाले बुद्धनगरी कपिलवस्तु बाट कार्यक्रम सुरुवात भएकोमा महिला हिंसा न्यनीकरणमा एक महत्वपुर्ण कदम भएको बताउनुभयो । मुलुकको विकासमा महिलाहरुको भुमिका अपरिहार्य भएको भन्दै उहाले कार्यक्रमले महिला सशक्तिकरणमा टेवा पुग्ने जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीले लैगिंक विभेदको अन्त्य, सिप तथा उद्यमशिलताको विकास, प्राज्ञिक अनसन्धान, वृती विकास लगायतका कार्यक्रम संचालन हुने वताउनु भएको छ । जसले महिलाहरुको सहभागीता प्रभावकारी संरक्षण र दुरगामी प्रभाव पार्नेमा आफु विश्वस्त रहेको जिकिर गर्नुभयो । ‘ कार्यक्रमले महिलाको शिक्षा, स्वास्थ्य, रोजगारीका अवसरहरु र पहुच बढदै जान्छ, ’ उहाले भन्नुभयो । कार्यक्रमले महिलाहरुको हक अधिकार स्थापित गराउन अग्रगामी पाईला अघि बढने भण्डारीले विश्वास व्यक्त गर्नुभयो । महिलाहरुको हक अधिकार स्वतन्त्रता स्थापित गराउनु सबैको दायित्व भएको जिकिर गर्दै उहाले अब महिला नेतृतवको पनि ढोका खुलेको भन्दै खुशी व्यक्त गर्नुभयो । महिलाहरु पनि विस्तारै नीति निर्माण तह देखि कार्यान्वयन तह सम्म पुगेको भन्दै त्यसले सामाजिक उन्नतिका लक्षणहरु समेत देखा पर्न थालेको बताउनुभयो । ऐहिसिक कपिलवस्तु जिल्ला हरेक क्षेत्रमा पछाडी परकोमा दुःख ब्यक्त गदै जिल्लाको विकासमा सबैले हातेमालो गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रम स्थलमा महिलाहरुले उत्पादन गरेको हस्तकला सामाग्रीहरुको स्टल समेत राखिएको थियो । राष्ट्रपती भण्डारी ले ति स्टलहरुको अवलोकन समेत गर्नुभएको थियो । कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले प्रथम चरणमा विकास दृष्टिलको पछि परको जिल्लाहरुमा संचालित कार्यक्रमको क्रमशः बिस्तार गर्दै जाने बताउनुभएको थियो । उहाले कार्यक्रमले हिांसमा र पछि परेका महिलाहरुको विकासमा कार्यक्रम सहयोगी बन्ने जिकिर गर्नुभयो । सोही अवसरमा महिला बालबालिका मन्त्रालयका सचिव बिष्णु प्रसाद लम्सालले कार्यक्रमले महिलाहरुको बहुआयामिक सवालहरुलाई सम्बोधन गर्ने बताउनुभयो ।
सरकारले चालु आर्थिक बर्ष २०७३/७४ को बजेटमा राष्ट्रपति महिला उत्थान कार्यक्रम ल्याएको हो । मावन विकास सुच्चांकमा पछाडी परका जिल्लामा रहेको महिलाहरुको विकासका लागि सरकारले ३० जिल्लामा यो कार्यक्रम संचालन गर्दै छ । मधेशी मोर्चाले गरेको २ दिने बन्दका कारण कपिलवस्तुको जनजिवन प्रभावित बनेपनि कार्यक्रममा भने कुनै असर परेको थिएन । कडा सुरक्षाका बिच राष्ट्रपतिको कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा जिल्लाभरका करिब ६ हजार बढि सर्वसाधारणको उत्साहजनक उपस्थिती रहेको थियो ।













प्रतिक्रिया