१४ कार्तिक २०८३, शनिबार

यी हुन् ‘मेनपावरवाली’ राजदूत, मानव तस्करहरू राजदूत बन्दै

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । सरकारको मुख्य घटक नेपाली कांग्रेसले राजदूत नियुक्तिमा कुटनीतिको ‘क’ समेत ज्ञान नभएका म्यानपावरका बिचौलिया र नातागोतालाई राजदूत नियुक्ति र सिफारिस गरेपछि शेरबहादुर देउवा नांगेझार भएका छन् ।

राजदूत नियुक्तिमा करोडौं रुपियाँ घुस लएको आरोप देउवापत्नी आरजु राणामाथि लागेको छ । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

खासगरी खाडी मुलुक कतार र युएईका लागि सिफारिस भएका रमेश कोइराला र आशा लामासँग करोडौं रुपियाँ घुस लिएको आरोप छ ।

सभापति देउवाले जापान जस्तो नेपालको विकासमा महत्वपूर्ण सहयोग गर्दै आएको देशमा सासु प्रतिभा राणालाई राजदूत नियुक्ति सिफारिस गरेर आफ्नो हैसियत सार्वजनिक गरेका छन् ।

करोडौं रुपियाँ घुस लिएर राजदूत सिफारिस गरिएकी आशा लामाको नागरिकता नै शंकास्पद भएको कुरा सार्वजनिक भएपछि उनको नाम फिर्ता लिइएको छ । तर कतारका लागि सिफारिस भएका रमेश कोइरालाको नाम फिर्ता लिइएको छैन ।

ओमानका लागि सिफारिस भएकी अर्की ‘म्यानपावरवाली’ शर्मिला पराजुली ढकालको नाम पनि फिर्ता नलिइ संसदस्य सुनुवाइ विशेष समितिमा पठाइएको छ ।

उनको नाम फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले रोइकराई गरेपछि फिर्ता नलिइएको बुझिएको छ ।
संसदीय समितिमा पठाइएका नाम अनुमोदन गराउन कांग्रेस सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् ।