१४ कार्तिक २०८३, शनिबार

विचौलियाले एमालेलाई मधेस विरोध बनाए : अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको लोकप्रियताबाट आत्तिएर विचौलियाहरुले आफ्नो पार्टीलाई मधेस विरोधीको विल्ला भिराएको आरोप लगाएका छन् ।

मेची महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले ल्याएको जनमुखि बजेटबाट आत्तिएर मधेसविरोधी आरोप लगाइएको बताएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

एमाले तराईको रैथाने पार्टी भएको बताउँदै ओलीले आगामी चुनावमा एमाले एक नम्बर पार्टी बन्ने दाबी गरे । उनले चारवटा कालो झण्डा देखाएर एमालेलाई तर्साउन नखोज्न मधेसी मोर्चालाई चेतावनी दिए । उनले भने, ‘कम्युनिष्ट पार्टीको स्थापना तराई मधेसमै भएको हो। तराईको विकासमा एमालेको ठूलो योगदान छ । चारवटा कालो झण्डा देखाएर हामीलाई तर्साउन नखोजे हुन्छ ।’ उनले एमाले तराई, पहाड, हिमाल र सवै जातिको पार्टी भएकाले जनताले आगामी निर्वाचनमा एक नम्बर पार्टी बनाउने दावी गरे ।

उनले देश विकासका लागि अब ढिलो गर्न नहुने बताए । उनले भने, ‘समयले नेटो काट्यो । अब पनि देश विकासका लागि ढिलो गर्न हुन्न ।’ उनले मुलुकको आर्थिक सम्वृद्धिको नेतृत्व एमालेले मात्रै गर्न सक्ने दावी गरे ।

उनले कालो झण्डा बोक्न छोडेर रातो सूर्य झण्डा बोक्न मधेसवादी दल छोडेर एमालेमा आउन मोर्चाका कार्यकर्तालाई आग्रह गरे। उनले भने,‘अब तपाईहरुले ढुंगा हान्ने काम छोड्नुस्। कालो झण्डाको साटो सूर्य झण्डा बोक्न एमालेमा आउन म मधेसी मोर्चामा आबद्ध युवाहरुलाइृ आग्रह गर्छु ।’

कार्यक्रममा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले मैथिली भाषामा भाषण गर्दै एमालेलाई मधेस विरोधी भन्नेहरुलाई त्यसको आधार पुष्टि गर्न चेतावनी दिएका थिए। उनले शान्तिपूर्ण सभालाई विबथोल्ने मधेसी मोर्चाको संस्कार राम्रो नभएको बताए ।

कार्यक्रममा दुई नम्बर प्रदेशका संयोजक एवं एमाले नेता सत्यनारायण यादवले एमालेले मात्रै मधेसको विकास गर्न सक्ने बताए। उनले मधेसमा एमालेबाहेक अब अन्य कुनै पार्टीको आवश्यकता नरहेको बताए ।

यादवले केपी ओली नेतृत्वको सरकारले गरेका जनमुखि कामबाट एमालेले कमाएको लोकप्रियताबाट चुनावमा पराजित हुने डरले मोर्चाले निर्वाचनको विरोध गरिरहेको आरोप लगाए ।