१९ कार्तिक २०८३, बिहिबार

आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै सर्वाेच्चमा रिट दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । प्रदर्शनीमार्गस्थित रत्नराज्य बहुमुखी क्याम्पसमा आज हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेन ।

प्रहरी प्रशासनले माथिको आदेश जनाउँदै निर्वाचन गराउन नदिएको जिकिर क्याम्पस प्रमुख डा निर्मलाकुमारी सुवालले गर्नुभयो । निर्वाचनको सम्पूर्ण तयारी पूरा भए पनि क्याम्पस प्रमुखसहित निर्वाचन समितिका सदस्यलाई प्रहरीले भित्र प्रवेश गर्न नदिएपछि निर्वाचन हुन नसकेको उहाँले बताउनुभयो । ‘‘निर्वाचन गराउन बिहान हामी सबै क्याम्पसमा प्रवेश गर्दै थियौँ’’, उहाँले भन्नुभयो, ‘‘तर त्यहाँ खटिएका प्रहरी निरीक्षकले मलाई माथिको आदेश भन्दै भित्र जान दिएनन् ।’’

उहाँले सबै विद्यार्थी सङ्गठनको सहमति अनुसार नै आज निर्वाचन गर्ने आफूहरुले तयारी गरेको बताउँदै आफूहरुलाई निर्वाचन नगराउन कतैबाट पनि लिखित रुपमा पत्र नआएको जानकारी दिनुभयो । यही फागुन १८ गतेलाई तय भएको स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनकै अनुरोधमा आजका लागि सारिएको थियो ।

निर्वाचन माग गर्दै निवेदन दायर

रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्ववियु निर्वाचन अवरोध भएको हुँदा पुनःनिर्वाचनको कार्यतालिका प्रकाशन गरी स्ववियु निर्वाचन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

आरआर क्याम्पस स्नातकोत्तर जनसङ्ख्या विषयमा अध्यनरत तथा स्ववियु अध्यक्षका प्रत्याशी तपेन्द्रबहादुर शाहीले जिल्ला प्रशासन कार्यालय काठमाडौँ, क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई विपक्षी बनाई दायर गरेको निवेदनमा पूर्वनिर्धारित कार्यतालिकामा अवरोध भए पनि उम्मेदवार यथावत् राखी अर्को निर्वाचनको कार्यतालिका पुनः प्रकाशन गर्न माग गरिएको छ ।

निवेदनमा विद्यार्थीको हकहितमा आवाज उठाउने, चुन्न र चुनिन पाउने अधिकारबाट समेत वञ्चित हुने भएको हुँदा निर्वाचनको कार्यतालिका पुनः सार्वजनिक गर्न आदेशको माग गरिएको छ । रासस