१९ कार्तिक २०८३, बिहिबार

पत्रकारिता विकास समाजमा तिवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । पत्रकारिता विकास समाजको अधिवेशबाट माधवप्रसाद तिवारी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ ।

समाजको सोमबार अनामनगरमा भएको अधिवेशनले तिवारीलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा तीर्थराज भण्डारी र महासचिवमा प्रेमराज खनाल निर्वाचित भएका छन् ।

केन्द्रीय सभासद्मा महेन्द्र भट्टराई र दीर्गबहादुर खत्री चयन हुनुभएको नेपाल पत्रकार महासंघका एसोशियट सचिव धुव्र लम्सालले जानकारी दिनुभयो । समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक केदार खड्काले नयाँ टिमले संस्थालाई अझै गति दिएर पत्रकारिताको विकासमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।