१९ कार्तिक २०८३, बिहिबार

मेची महाकाली अभियानः जितपुरमा हुने जनसभाको तयारी तीव्र

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २३ फागुन । नेकपा एमालेद्वारा संचालित मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत फागुन २७ गते जितपुरमा हुने विशाल जनसभाको तयारी तीब्र गतिमा अघि बढिरहेको छ ।

तयारी अन्तर्गत बारा जिल्लाका ६८ गाबिस र ६ वटै नगरपालिकाका वडाहरुमा घरदैलो कार्यक्रम सुरु भएको छ । घरदैलो कार्यक्रममा पार्टी केन्द्र र जिल्लाद्वारा प्रकाशित अपिल वितरण गर्नुका साथै फागुन २७ गते जितपुरको सभाका लागि निमन्त्रणा गरिएको र सभामा बारा र पर्सा जिल्लाबाट ५० हजारको सहभागिता रहने एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो ।

फागुन २७ गते हुने जनसभा संबिधानको कार्यान्वयन घोषित मितिमा निर्वाचन, सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिबृदी, सामाजिक–आर्थिक रुपान्तरण र विकासका साथै समृद्ध तराई मधेस निर्माणका लागि भएकोले कार्यक्रमप्रति ऐक्यबद्धता जनाइदिन सम्पूर्णमा एमाले बाराले अनुरोध समेत गरेको छ ।