१९ कार्तिक २०८३, बिहिबार

राजनीतिक कार्यक्रममा अवरोध नगर्न मानवअधिकार एलाइन्सको आग्रह

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । मानवअधिकार एलाइन्स– राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चले राजनीतिक कार्यक्रममा अवरोध नगर्न मधेस केन्द्रीत दललाई आग्रह गरेको छ ।

नेकपा एमालेले सञ्चार गरिरहेको मेची महाकाली राष्ट्रिय अभियानमा मधेसकेन्द्रीत दलले अवरोध गर्न खोजेका बेला एलाइन्सका अध्यक्ष मीनबहादुर शाही र महासचिव डा पद्मप्रसाद खतिवडाले सोमबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलका अभियानलाई विथोल्ने र हमलाको धम्की दिने गतिविधि मानवअधिकार विरोधी भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेका हुन् ।

‘संविधानले नै सुनिश्चित गरेको आफ्ना विचार र अभिव्यक्तिको स्वतन्त्रता, राजनीतिक दलका गतिविधि निर्वाध रुपमा सञ्चालन गर्ने स्वतन्त्रता नै कुण्ठित हुनेगरी गरिएका हरेक कार्य मानवअधिकारको उल्लघन मात्रै नभएर एक राजनीतिक दलले अर्काेमाथि गरिने ज्यादति भएको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ– ‘यसर्थ शान्तिपूर्ण भेला, धर्ना गर्ने गतिविधिविरुद्ध देशका विभिन्न भागहरुमा भइरहेको अमर्यादित र अवान्छनीय गतिविधि रोकी देशमा निर्वाध राजनीतिक गतिविधि सञ्चालनको वातावरण निर्माण गर्न मानवअधिकार एलाइन्स सरकारसमक्ष माग गर्दछ ।’