१३ कार्तिक २०८३, शुक्रबार

टेलिकमको पैसा खल्तीमा, सप्लायरको खर्चमा कामिनी श्रीमानसहित बार्सिलोनामा मस्तीमा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेपाल टेलिकममा तीन पटक भन्दा बढि समय प्रवन्ध निर्देशक बनेका सुगन रत्न कंसाकारले अन्तिम समयमा सात अर्ब रुपैया बराबरको दूरसञ्चार उपकरण डम्पिङ गराएर नीतिगत भ्रष्टाचार गरे । ती सामानहरुकै कारण नेपाल टेलिकमको गुणस्तर खस्कदै गयो । पटक पटक प्रबन्ध निर्देशक बनेका उनलाई कर्मचारी संगठनहरु संयुक्त बैठक बसेर दुई चार करोड रकम बाडीचुढी पाउँदैमा संस्थालाई धारासायि बनाउँदा भविश्यमा जागिर नै धरापमा पर्ने देखेर संयुक्त निर्णय गरी जुन पार्टीले नियुक्त गरेपनि टेलिकमको प्रवन्ध निर्देशक स्वीकार नगर्ने साथै छिर्न नदिने सहमति गरेका कारण सुगतले हिम्मत गरेनन् र पछि हटे ।

तत्कालीन राजा ज्ञानेन्द्रका प्रियपात्र बनेका सुगत जनआन्दोलनको सफलता पश्चात सञ्चारमन्त्री बनेका नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडु र पछि एमाओवादीका कृष्ण बहादुर महरा सञ्चारमन्त्री बन्दा समेत प्रिय नै बने । अर्थात उनलाई कांग्रेसका खुम बहादुर खड्कासँग तुलना गर्नेहरु प्रशस्तै छन् ।

एमालेका सांसद कृपासुर शेर्पालाई सुभलाभ गराएर अहिले उनी नेपाल एयरलाइन्सको महाप्रबन्धक बनेका छन् । चीन लगायत महाशक्ति राष्ट्रका नागरिकहरुले बोइङ प्रति बढी विश्वास गरिरहँदा कमिसनकै कारण सुगतले एयरबस खरिद गराएर नेपाल एयरलाइन्समा धमिजाकाण्डको पुनरावृत्ति गराउने तरखरमा छन् । त्यसैकारण एयरबस चलाउने क्याप्टेनहरुको समेत अभाव बनेको छ ।

सुगतकै लाइनमा काम गरेकी हालै प्रवन्ध निर्देशक बनाइएकी कामिनी राजभण्डारीको समयमा नीतिगत निर्णय शून्य गराएर एनसेलसँग ठूलो धनराशी लिने गिरोह सक्रिय भएको छ । यो अवस्था देखेर इमान्दार कर्मचारीहरु चिन्तित बनेका छन् ।

नेपाल टेलिकमको कुनै न कुनै टावरहरुले काम नगरेको र नेटवर्क नटिप्ने भएपछि एनसेलको व्यापार बढेको छ । माथिल्लो तहमा कार्यरत कर्मचारीहरु आफन्तलाई एनसेलमा जागिर लगाएर नेपाल टेलिकम डुबाउने प्रपन्चमा रहेका छन् ।

त्यसैकारण राजभण्डारी सामान सप्लाएर कम्पनीको रकममा युरोप शयर गरेकी छन् । उनी नेपाल टेलिकमको रकम खल्तिमा राखेर श्रीमान् दिगम्बर राजभण्डारी सहित युरोपमा हनिमुन मनाइरहेकी हुन् । नेपाल टेलिकममा एक करोड २६ लाख ग्राहक भनिएपनि सक्रिय ग्राहक भने ७६ लाख मात्रै रहेका छन् ।

त्यसैगरी गुणस्तरकै कमी भएका कारण ग्राहकहरुमा एडीएसएलको लाइन फिर्ता गराउन होडबाजी नै चलेको छ । चालु आर्थिक वर्षको छ महिनामा इन्टरनेशनल कलमा वार्षिक ३.५ अर्व रुपैया कम नाफा हुने प्रक्षेपण देखिएको छ । रिचार्जकार्डमा ३० प्रतिशतले ह्रास आएको छ । टेलिकमको बिस्तारको कुनै योजना नै छैन ।

नेपालका पूर्वी सुगम ठाउँहरु धनकुटाको हिलेमा पनि नेटवर्क टिप्दैन तर, एनसेलको भने टिप्नेगरेको छ । सीआरबीटी प्रोजेक्ट एक जनाका लागि मात्रै मिल्नेगरी स्पेक बनाइएका कारण अहिले अलपत्र छ । मीडीएसन एण्ड इन्टरकनेक्ट प्रोजेक्ट पनि कालोसूचिमा परेका कम्पनीलाई दिइएका कारण नाजुक अवस्थामा रहेको छ । रोमिङ बिलिङ सोलुसनको टेण्डर पनि माइक्रोसफ्ट जस्तो कम्पनीलाई छिर्न नदिने व्यवस्था गरिएको छ ।

असक्षम र अदूरदर्शीताकै कारण नेपाल टेलिकम धारासायि बनाउने काममा सेवानिवृत डीएमडीहरु दत्तचित्तका साथ लागेका छन् । जस्को ग्राइण्ड डिजाइनमा राजभण्डारीको प्रवेश भएको हो । टेलिकमले सञ्चालन बाहेकको आम्दानी बढेको भनिएपनि बैंकको तरलताका कारण टेलिकमको ७८ अर्व रुपैयाको व्याजदरमा ५ प्रतिशतबाट बढेर प्रतिस्पर्धामा १३ प्रतिशत प्राप्त हुनेभएपछि यो अवस्था आएको हो । त्यसैगरी डलरको दरपनि १ सयबाट बढेर १०८मा पुगेपछि दुई अर्व ५० करोडको डलर सटहीबाट बढेको अवस्था मात्रै हो । यसलाई प्रवन्ध निर्देशक भण्डारीका कारण भएको होइन ।

यसैबीच राजभण्डारी बासिंलोना जानु अगावै दुईलट गरी सरुवा गरिएका २३१ जना कर्मचारीहरु आफन्तहरुलाई मात्रै कमाउँधन्दा हुने स्थानमा पारिएको भन्दै ब्यापक असन्तुष्टि छाएको छ ।

आजको डायरी एक्सप्रेस साप्ताहिकमा समाचार छ ।