राजविराज, २३ फागुन । मधेसी मोर्चाको अवरोध छिचोल्दै नेकपा एमालेको मेची महाकाली अभियानको टोली लावा लस्करसहित भारदह हुँदै सप्तरी प्रवेश गरेको छ ।
मोर्चाको अवरोध छिचोल्दै ६ सय भन्दा बढी साना ठूला सवारीको लर्को ४ किलोमिटरसम्म रहेको छ । करिब ४ हजारको संख्यामा नेता कार्यकर्ता र्यालीसहित सप्तरी प्रवेश गरिरहेका छन् ।

सुनसरीको कार्यक्रम सकाएर एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालसहितको टोली मधेसी मोर्चाका कार्यकर्ताहरुको विरोधकाबीच सप्तरीमा कार्यक्रम गर्नका लागि राजविराज पुग्ने क्रम जारी छ ।
सप्तरीमा एमालेले सभा गर्न लागेको स्थानको सुरक्षा व्यवस्ता अत्यन्तै कडा बनाइएको छ । केही बेरपछि त्यहाँ टोली पुगेर कार्यक्रम सुरु हुने छ ।















प्रतिक्रिया