१३ कार्तिक २०८३, शुक्रबार

प्रहरीको सर्वाधिक खोजी सूचीका ढुङ्गेलले प्रधानमन्त्रीलाई भेटे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय पाएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका छन् ।

आइतबार बालुबाटारमा उनले प्रधानमन्त्री सहित नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई र नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्यसँग सामूहिक भेट गरी जन्मकैदको फैसला माफी मिनाहा गर्न दबाब दिएका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

अदालत पीडित संघको नेतृत्वमा बालुवाटार पुगेर ढुंगेलले प्रधानमन्त्री दाहाल तथा नेताहरु डा। भट्टराई र बैद्यलाई भेट गरेका हुन् ।

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका फरार ढुंगेलसहित बालुवाटार पुगेको टोलीले तत्कालिन माओवादीले सञ्चालन गरेको १० बर्षे सशस्त्र द्वन्द्वका क्रममा भएको मानवधिकार उल्लंघनका घटनाहरुमा अदालतले दिएको सजाय माफी सिफरिस गर्न माग गरेको हो ।