काठमाडौं, २३ फागुन । सरकारले स्थानीय तहको संख्या सात सय ४४ बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयसँगै पुराना सबै गाविस र नगरपालिका विस्थापित भएका छन् भने नयाँ गाउँपालिका र नगरपालिका कार्यान्वयनमा आएका छन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।
बालानन्द पौडेलको नेतृत्वमा रहेको स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तह सिफारिस गरेको थियो । सरकारले भने संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको नेतृत्वमा गठन भएको स्थानीय तह पुनरावलोकन समितिले दिएको प्रतिवेदनका आधारमा स्थानीय तहको संख्या सात सय ४४ पुर्याएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारवहादुर अधिकारीले सरकारले स्थानीय तहको संख्या सरकारले निर्धारण गरेकोले अब सो तह स्वतः कार्यान्वयनमा आएको बताए । अव यो निर्णय राजपत्रमा प्रकाशित हुनेछ र हरेक स्थानीय तहको कार्यलय स्थापना गरि कर्मचारीसमेत खटाइनेछ ।
साथै सरकारले राजनीतिक सहमतिका आधारमा सो संख्यामा आवश्यक थपघट गर्न सक्ने बाटो भने खुला नै राखेको छ । सरकारले स्थानीय तहको निर्धारण गरेकाले अव स्थानीय तहको निर्वाचनको वाटो समेत पुर्ण रुपमा खुला भएको छ । सरकारले प्रदेश नं २ मा २१ स्थानीय तह थप गरेको छ ।
पौडेल आयोगले प्रदेश नं २ मा १ सय ६ स्थानीय तह प्रस्ताव गरेको थियो । अव त्यसमा २१ थप भई १ सय २७ पुगेको हो । यसैगरि काठमाडौंमा दुई स्थानीय तह थप गरिएको छ शंखरापुर र दक्षिणकालीलाई नगरपालिका वनाइएको छ । यस्तै मनाङ र वझाङमा एक एक स्थानीय तह थप गरिएको छ ।
जिल्ला आयोगको सिफारिस कार्यदलबाट थप जम्मा
सप्तरी १२ ५ १६
सिरहा १२ ५ १७
धनुषा १३ ४ १७
महोत्तरी १४ १ १५
सर्लाही १६ १ १७
बारा १३ २ १५
पर्सा ११ २ १३
रौतहट १५ १ १६
बझाङ ८ १ ९
मनाङ ३ १ ४
काठमाडौ ९ ११












प्रतिक्रिया