१३ कार्तिक २०८३, शुक्रबार

तीन सय ६८ गाविस सडक सञ्जालमा जोडिन बाँकी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २३ फागुन । सडक सञ्जालमा जोडिन हालका तीन सय ६८ गाविस बाँकी छन् । ती गाविस जोड्न अझै चार हजार आठ सय ८५ किमि सडक आवश्यक रहेको सरकारी अनुमान छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)को तथ्यांकअनुसार जिल्ला मुख्य सडक सञ्जालको लम्बाइ २५ हजार ७ सय २५ किलोमिटर पुगेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गाविस जोड्ने सडकको लम्बाइ भने ३१ हजार ९ सय ४ किलोमिटर छ । डोलिडारको ०६९ को तथ्यांकमा स्थानीय सडकको लम्बाइ ५० हजार ९ सय ४४ किलामिटर थियो । यसअवधिमा ६ हजार ६ सय ६८ किलोमिटर ९१३ दशमलव २ प्रतिशत० ले स्थानीय सडक निर्माण भएको छ ।

औषतमा स्थानीय सडक निर्माण वार्षिक एक हजार ६ सय ७२ किलोमिटरका दरले वृद्धि भइरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए ।

डोलिडारका महानिर्देशक रामकृष्ण सापकोटाले स्थानीय सडकको अद्यावधिक तथ्यांकले आगामी दिनमा योजना निर्माण तथा बजेट विनियोजनमा सहयोग पुग्न बताए । स्थानीय स्तरको सडक तथा अन्य पूर्वाधार विकास आयोजनामा लगानी गर्ने आधार तयार भएको उनको भनाइ छ ।