बनियानी (झापा), २२ फागुन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
पथरिया गाउँ समितिले आज आयोजना गरेको अन्तरक्रियामा नेता सिटौलाले स्थानीय निर्वाचनको मिति तोकिसकेको अवस्थामा एकजुट भई तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
“संविधान जारी गर्न काँग्रेसले जस्तो महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, त्यसरी नै संविधानको कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्नुपर्छ”–उहाँले भन्नुभयो, “अब स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न लाग्नुहोस् ।” रासस












प्रतिक्रिया