अछाम, २२ फागुन । सुदूरपश्चिमका अन्य ८ वटै जिल्लामा नेपाल पत्रकार महासंघको अधिवेशन सुरु भएपनि अछाम शाखाको अधिवेशन भने स्थगित भएको छ ।
महासंघ अछाम शाखामा सदस्यता र नविकरणको टुंगो नलागेपछि यो अवस्था आएको हो । सदस्यता शुद्धिकरणको माग गर्दै प्रेस चौतारी जिल्ला समिति अछामले पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ ।
पत्रकार महासंघको सदस्यता नविकरण तथा नयाँ सिफारिसमा क्रियाशिल नै नरहेको व्यक्तिहरुलाई सदस्यता दिइएको बिरोधमा सदस्यता सुद्धिकरणको माग गर्दै प्रेस चौतारी नेपाल जिल्ला समिति अछामले गत माघ १६ गते महासंघको कार्यालयमा तालाबन्दी गरेको थियो । सदस्यता छानविनको लागि पटक पटक माग गर्दै प्रेस बिज्ञप्ती जारी गर्दै महासंघको कार्यालयमा गरेको तालाबन्दीको पत्रकार महासंघ अछामको नेतृत्वले बेवास्ता गरेको कारण आज हुने भनिएको अधिबेशन समेत अनिश्चित समय सम्मका लागि स्थिगित भएको छ ।
सदस्यता नविकरण र सिफारिसमा कुनै सञ्चार माध्ययमसंग आवद्ध नरहेका तथा पेशा नै छोडिसकेका व्यक्तिलाई सदस्यता दिलाएको भन्दै यसको छानविन नभएसम्म आफ्नो आन्दोलन जारी रहने प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीले बताउनुभयो ।
पटक पटक ध्यानाकर्षण गराउँदा तथा तालाबन्दी नै गर्दा पनि आफ्नो मागको वेवास्ता गरेको प्रति प्रेस चौतारी अछाम आक्रोशित बनेको छ । अब आफ्नो मागमा चौतारी कुनै हालतमा पछि नहट्ने प्रेस चौतारी अछामले जनाएको छ । आज बसेको बैठकले सदस्यता शुद्धिकरणको आफ्नो माग अघि बढाउने बैठकले निर्णय गरेको छ ।
यसअघि आफुले उठाउँदै आएको मागलाई निरन्तरता दिने र आगामी दिनमा शशक्त रुपमा अघि बढ्ने बैठकले निर्णय गरेको सचिव टेकबहादुर थापाले बताउनुभयो ।













प्रतिक्रिया