१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा माछा मार्ने क्रममा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, २२ फागुन । पाँचथरमा माछा मार्ने क्रममा दुई जनाको फरक फरक समयमा मृत्यु भएको छ ।

शनिबार बेलुका ५ः३० बजे अमरपुर गाविस ९ चिउरी सामुदायिक वन नजिक तमर खोलामा माछा मार्ने क्रममा १७ बर्षीय विजय लिम्बुको डुवेर मृत्यु भएको छ ।

त्यस्तै राति ११ः३० बजे हेवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा २५ बर्षीय सन्देश थारु करेन्ट लागि घाइते अबस्थामा पाँचथर अस्पतालमा उपचार गर्न ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी बर्दिया जिल्ला कालिका गाविस ४ बस्ने पाँचथरमा हिमाल हाईड्रोपावरमा काम गर्दै आएका थिए ।