१९ कार्तिक २०८३, बिहिबार

नागरिककर्मी ओलीसहित पाँच जना सम्मानित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २१ फागुन । रेडियो बाजुराका समाचार प्रमुख एवं नागरिक दैनिक बाजुरा संवाददाता कृष्ण ओली नगद सहीत सम्मानित भएका छन् । कु मान्यताको रुपमा रहेको छुवाछुत तथा जातीय विभेद विरुद्ध कमल चलाए वापत ओलीलाई नगद सहीत दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

ओलीलाई नेपाल दलित समाज मञ्च बाजुराले नगद पाँच हजार ५ सय ५५ सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । उनलाई व्यवस्थापिका संसद सांसद एवं माओवादी केन्द्रका नेता कर्णबहादुर विकले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

व्याप्त कु मान्यताको विरुद्ध निरन्तर कलम चलाउँदै, समाजिक रुपान्तरण र परिवर्तनका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष सुरेश विकले बताए । जिल्ला विकास समितिको सहयोगमा संस्थाले सम्मान गरेको हो ।

नेपाल पत्रकार महासंघ बाजुरा शाखा सचिव एवं रेडियो बाजुराका समाचार प्रमुख ओली यसै वर्षको वर्ष क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कारबाट पनि सम्मानित भएका थिए । ओलीले सम्मानले आफूलाई पेशा प्रति थप जिम्मेवार र पेशामा निरन्तरताका लागि हौसला मिलेको बताए ।

सोही कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर जंगबहादुर थापा, गाविस सचिव विष्ण्ुालाल सार्की, खानेपानी कार्यालयका प्रमुख कृष्ण बोगटी, जिल्ला विकास समितिका लेखापाल खोमबहादुर खालिङ राईलाई दोसल्ला सहीत सम्मान गरिएको हो ।

सम्मानित निजामति कर्मचारीलाई गुणस्तरीय र सर्वसुलभ, उपभोक्ता मैत्री सेवा प्रदान गरेको भन्दै कामको उच्च मूल्याकन सहीत सम्मान गरिएको हो । सम्मानीत पाँचै जनाको कामको उचित मूल्याकंन सहीत सम्मान गरिएको निमित्त स्थानीय विकास अधिकारी प्रेमबहादुर सिंहले बताए ।

सम्मान कार्यक्रममा सांसद कर्णबहादुर विकले सम्मानले काम प्रति थप लगनशिल र इमान्दार भएर लाग्न थप जिम्मेवारी बोध गराउन सहयोग पुग्ने बताए । उनले सम्मानित पाँचै जनाको जिल्लाको विकास, रुपान्तरणमा महत्वपूर्ण योगदान पुगेको बताए ।