बर्दिया, २१ फागुन । नेपाल पत्रकार महासंघ बर्दिया शाखाको फागुन २० गते ११ औं अधिवेशन भएको भन्ने भ्रमप्रति प्रेस चौतारी नेपाल बर्दिया शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ बर्दिया शाखाले आवश्यक तयारी पुरा नभएको भनि अधिवेशन एक साताका लागि स्थगित गरेको अवस्थामा बर्दिया शाखाको फागुन २० गते ११ औं अधिवेशन भएको भन्ने भ्रमप्रति प्रेस चौतारी नेपाल बर्दिया शाखाले आज जारी गर्दै ध्यानाकर्षण जनाएको हो ।
उक्त प्रेस विज्ञप्तीमा भनिएको छ केन्द्रीय कार्यालयमा भैरहेको तालाबन्दी, जिल्लाको सदस्यता सम्बन्धि विवरण समयमै नआइपुगेको तथा आन्तरिक तयारी पुरा नभएको कारण महासंघ जिल्ला शाखाले अधिवेशन एक हप्ताका लागि स्थगन गरेको अवस्थामा कोही कुनै व्यक्ति वा संगठनको जोरजर्वजस्ती तथा हर्कतबाट जिल्लाको अधिवेशन सम्पन्न भएको भनि सामाजिक सञ्जालमा आएको भ्रममा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।
साथै विज्ञप्ती मार्फत बर्दिया शाखाका जिल्ला अध्यक्ष मिनराज शर्मा, कोषाध्यक्ष ओम शर्मा र महासंघका बहुसंख्यक सदस्यहरु तथा शाखाले तोकेको निर्वाचन समितिका संयोजक बालकृष्ण ओलीको समेत अनुपस्थितिमा विधान विपरित भएको उक्त कार्यको घोर भत्र्सना गर्दै नेपाल पत्रकार महासंघ बर्दिया शाखाको ११ औँ अधिवेशनको मिति तत्कालै तोक्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा र केन्द्रीय समिति समक्ष जोडदार माग गरिएको छ ।












प्रतिक्रिया