१३ कार्तिक २०८३, शुक्रबार

माओवादीलाई नहेप्न र नखेद्न प्रधानमन्त्रीको चेतावनी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई नहेप्न र साह्रै धेरै नखेद्न चेतावनी दिएका छन् ।

उनले माओवादीलाई कमजोर ठानेर कमजोर पार्ने प्रयास र षड्यन्त्र कुनै दल नेता तथा राष्ट्रलाई हित नहुने दाबी पनि गरे । नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।

नेकपा माओवादी केन्द्र काभ्रेको ऐतिहासिक स्थान कामी डाँडामा आयोजना गरेको शहिद सप्ताहको छैठौ दिन शुक्रबार प्रधामन्त्रीले शहिद परिवारलाई सम्मान गर्दै यस्तो बताएका हुन् ।

‘१० वर्षे जनयुद्वपछिको १० वर्षको अवधिमा माओवादीले भोगेको कठिन चुनौतीबाट निरास भएको छैन’, उनले भने, ‘माओवादी सिध्याउने षड्यन्त्र भयो भने अर्को ठूलो जोखिम मोल्न तयार छौ । माओवादी जोखिम उठाउने जात नै हो त्यसका लागि तयार छौ ।’