६ भाषामा प्रचार र सांस्कृतिक अभियान
अभियानमा सहभागी हुन आह्वान गर्दै एमाले कार्यकर्ताले नेपाली, भोजपुरी, मैथली, अवधी, थारू र डोट्याल गरी ६ भाषाको अपिलसहित घरदैलो गरिरहेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघको अगुवाइमा तराईका मातृभाषाहरूमा देशभक्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका पक्षमा सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
दैनिक हाजिरी, मदिरा निषेध
एमालेले अभियानमा सहभागी हुने नेता–कार्यकर्ताका लागि १८ बुँदे तथा स्वयंसेवकका लागि नौबुँदे आचारसंहिता जारी गरेको छ । उनीहरूले दैनिक हाजिरीपुस्तिकामा हाजिर गर्नुपर्ने, सामूहिक मेस र आवासमा रहनुपर्ने, मदिरा र धूम्रपान सेवन गर्न नपाइनेलगायतका आचारसंहिता पालना गर्नुपर्नेछ । तराईवासीलाई अपाच्य हुने, बिझाउने या अनुचित लाग्ने कुनै कामकुरा गर्न निषेध गरिएको आचारसंहितामा छ । प्रवचन, सांस्कृतिक प्रस्तुतिलगायत कुनै वेला पनि कसैको भावनामा ठेस पुग्ने बोलीवचन, आचरण निषेध छ ।













प्रतिक्रिया