काठमाडौं, १९ फागुन । ललितपुरमा एक बालिका बेवारिसे अवस्थामा फेला परेकी छन् । उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले उद्दार गरी सोबर महिला पुनर्स्थापना केन्द्र बौद्धमा संरक्षणमा राखेको छ ।
प्रहरीले बालिकालाई चिन्नेले सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
यस्तो छ घटना विवरणः
मिति २०७३-११-१० गते ललितपुर जिल्ला महालक्ष्मि न.पा. वडा न. १७ कृष्ण मन्दिर परिसरमा अ. बर्ष १२ को आफ्नो नाम बहिनी (आङा) , आमाको नाम माईली, तथा दिदिको नाम सुन्तलि बताउने बालिका बेवारिसे अचेत अबस्थामा प्रहरीले फेला पारी किष्ट अस्पताल लगेको र थप उपचारको लागी पाटन अस्पताल लगि VOC (Voice Of Children) संस्थाको सहयोगमा उपचार भई मिति २०७३-११-१९ गते महिला तथा बालबालिका सेवा केन्द्र महानगरीय प्रहरी परिसर ललितपुर, VOC, CCWB(केन्द्रीय बाल कल्याण), तथा जिल्ला बाल कल्याण समितिको सहयोगमा “सोबर महिला पुनरस्थापना केन्द्र” बौद्धमा संरक्षणको लागि पठाईएको साथै निज बालिकालाई चिन्नु हुने तथा आफन्तहरुले निम्न ठेगानामा संम्पर्क राखिदिनु हुन बिनम्र अनुरोध गरिन्छ ।
सम्पर्क नम्बरः
०१५५५०३६५, ०१५५२१२०७ (महानगरीय प्रहरी परिसर ललितपुर)
०१५५४६३९० (voice of Children)
१००
१०४
०१६२००१३७,०१४९१४७७९ (सोबर महिला पुनरस्थापना केन्द्र)













प्रतिक्रिया