१३ कार्तिक २०८३, शुक्रबार

अध्यक्ष ओलीद्वारा प्रधानमन्त्री दाहालको प्रशंसा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १९ फागुन । अस्ति साँझ एउटा सम्बोधन आयो । प्रधानमन्त्रीको त्यो सम्बोधन गज्जबको लाग्यो, कसले वितण्डा मच्चायो ? कसले मधेस र पहाडबीच साम्प्रदायिकता भड्काउन खोज्दै छ ? तर, म अहिले त्यतापट्टि जान चाहन्न ।

यो संविधानले अधिकार र अवसरमा कतै विभेद गरेको छैन । सुशासनका पक्षमा भोलि संशोधन गर्नुपर्ने पनि हुन सक्छ, तर संविधानले ठग्यो भन्दै भ्रम फिँजाइएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नाममा बिजनेस चलाएर मिसाइलको बिक्री ?

एमाले र केपी ओली मधेसविरोधी भन्दै भ्रम फैलाइएको छ । सरकारको नेतृत्वको अवसर पाउँदा एमालेले जति तराईलाई कसैले बजेट छुट्याएन, भविष्यमा पनि त्यति छुट्याउन गाह्रै पर्ला । यदि मेरै नाममा कसैको ‘बिजनेस’ चल्छ भने त्यो राम्रै कुरा हो, तर देशकै लागि विषाक्त मिसाइल बिक्री गर्नु राम्रो होइन ।

अभियान… तमसोमा ज्योतिर्गमय हो

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अगुवाइ गरे, तर त्यो पृथ्वीनारायणको होइन देशको एकीकरण नेपाली जनताले लडेर मात्रै सम्भव भएको हो । त्यस्तै, राष्ट्रिय एकता, समृद्धिको लडाइँको अगुवाइ एमालेले गर्छ, तर त्यो एमालेको मात्रै होइन, राष्ट्रिय जागरण अभियान हो ।

सैले यसमा सबैको सहभागिता हुनुपर्छ । राष्ट्रिय एकताको पक्षमा यो असतोमा सद्गमय… तमसोमा ज्योर्तिगमय जस्तो हो, कुनै दलविशेष या कसैका विरुद्ध होइन । झुटका ठाउँमा सत्य, भ्रमहरूको ठाउँमा स्पष्टता, सचेतना फैलाउने नेपाली जनताको अभियान हो ।

तराईका जनताले चुनावमा भूलचूक सच्याउँछन्

मलाई अहिले ताजुव लाग्छ, प्रतिपक्ष चुनाव माग्छ, सरकार बाध्य भएर घोषणा गर्छ । सत्तापक्षीय दलहरू विरोध गर्छन् । कोही चुनाव गर्ने, कोहीचाहिँ विरोध गर्नेछन् । तराईमा अघिल्लोपटक भूलचूकले ११ सिट जितेका हुन् । त्यो भूलचूकलाई अबको चुनावमा जनताले सच्याउनेछन् । ९१ प्रतिशतले बनाएको संविधान स्वीकार नहुने, २–४ जनाले जबर्जस्ती जे भन्यो त्यही हुनुपर्ने ? कसले पढाएको हो यस्तो लोकतन्त्र ।

गल्ती गर्‍यौँ, अब हुन दिन्नौँ

हामीले २ नम्बर प्रदेश त्यसरी बनाउनु गल्ती थियो । संविधान बनाउने वेला कांग्रेसको जोडबलमा सहमति गर्‍यौँ, तर पछि गलत मनासय बुझेपछि कांग्रेसलाई पनि मनाएर गल्ती सच्याई संविधान बनायौँ ।

अब जति बिग्रिए पनि बढी बिग्रन दिने पक्षमा हामी छैनौँ । संशोधन प्रस्ताव पारित हुँदैन, हुन दिन्नौँ । त्यसमा तराई र पहाड छुट्याउने कपट छ । प्रधानमन्त्रीले चुनावमा मोर्चा आउँछन्, मनाउँछु भनेपछि जिम्मेवार पार्टीको हैसियतमा विरोधबीच टेबुल गर्न दिएका हौँ, फेरि सैद्धान्तिक छलफलमा लगे आउँछन् भनियो ।

मैले त प्रधानमन्त्री र सत्ताधारी पार्टीहरूलाई भनेको भन्यै छु, गत सालको मंसिरमै संशोधन गर्दा मान्छन् भनेको होइन भन्ने दोहो¥याइरहेकै छु । त्यो पास गरेपछि बिर्सियो, त्यसैले अब पनि अवस्था त्यस्तै हुन्छ ।