काठमाडौं, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्ववियु निर्वाचनमा रेकर्ड कायम गरेको छ ।
८ वर्षपछि भएको निर्वाचनमा राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघले देशभरबाट मकवानपुरको एक र कपिलवस्तुका दुई क्याम्पसमा सभापति जितेको छ ।
राप्रपा केन्द्रीय सदस्य राजाराम बर्ताैलाका अनुसार मकवानपुरको बंशगोपाल बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा राप्रबीसंघका उम्मेदवार लक्ष्मण पौडेल भारी मतले बिजयी भएका छन् । मकवानपुर राप्रपा अध्यक्ष कमल थापाको गृह जिल्ला हो ।
त्यसैगरी स्ववियु निर्वाचन अन्तर्गत कपिलबस्तु शिवराज–६ स्थित समयथान क्याम्पसमा राप्रपाको राप्रविसंघका उम्मेदवारले विजय हासिल गरेका छन् । अनेरास्ववियु र अन्य विद्यार्थी सङ्गठनको संयुक्त प्यानललाई हराउँदै राप्रविसंका बासुदेव केसी सभापतिमा विजयी भएका हुन् ।
यो निर्वाचनमा राप्रविसंघको तर्फबाट स्ववियु सभापतिमा विजयी भएका केसी पहिलो उम्मेदवार भएको संघका केन्द्रीय महासचिव राज बस्नेतले जानकारी दिए ।
उनका अनुसार कपिलवस्तुकै आदर्श बहुमुखी क्याम्पसमा राप्रविसंघका रजत गुप्ता सभापतिमा विजयी भएका छन् ।













प्रतिक्रिया