काभ्रे, १८ फागुन । काभ्रेको महादेवस्थान–३ मा रहेको डेडिथुम्का पब्लिक क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघको संयुक्त उम्मेदवारलाई पराजित गर्दै अनेरास्ववियुको प्यानल सहित विजयी भएको छ । आज भएको स्ववियु चुनावमा अनेरास्ववियुका शालिकराम पराजुलीको प्यानल विजयी भएको हो ।
पराजुली नेविसंघ र अखिल क्रान्तिकारीका संयुक्त उम्मेद्वार शान्ति सापकोटालाई १८ मत अन्तरले हराउँदै स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । उनीसँगै सचिवमा प्रतिद्वन्द्वी सरु चौलागाईलाई १६ मतले हराउँदै रमा ढकाल निर्वाचित भइन् ।
त्यसैगरी कोषाध्यक्षमा प्रमिला नेपाल ४८ भोट सहित विजयी भइन भने उनको प्रतिद्वन्द्वी बाबुराम सापकोटाले ३४ भोत प्राप्त गरेका थिए । सदस्यमा ५० भोट सहित सुष्मा लम्साल, ४८ भोट सहित कोपिला ढकाल र ४८ भोट सहित रमेश दनुवार निवर्वाचित भएका छन् ।













प्रतिक्रिया