१९ कार्तिक २०८३, बिहिबार

निर्वाचनको माग गर्दै नेविसंघद्धारा राजधानीमा मोटरसाइकल र्याली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । कांग्रेस निकट नेपाल विद्यार्थी संघले तोकिएको मितिमै स्ववियु निर्वाचन सम्पन्न गराउने वातावरण बनाउन माग गर्दै मोटरसाइकल र्याली निकालेको छ ।

नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यको नेतृत्वमा मंगलबार विहान उपत्यकाका अधिकांश क्याम्पस भएर मोटरसाइकल र्याली निकालिएको विद्यार्थी नेता उत्तम साउदले जानकारी दिए ।

‘तोकिएको मितिमै निर्वाचन सम्पन्न गराउने वातावरण बनाउन माग गर्दै दबाबमुलक र्याली निकालिएको हो,’ उनले भने- ‘सबै क्याम्पसमा सौहार्दपूर्ण वातावरणमा निर्वाचन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

र्यालीका क्रममा विद्यार्थीहरुले विभिन्न नारा लगाएका थिए ।