१९ कार्तिक २०८३, बिहिबार

तीन कोठे भवन २ कोठामै प्याक, भवन पास गर्न जिसिअले घुस लिएको आरोप

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बसन्त खडका

बझाङ, १७ फागुन । बझाङ जिल्लाको महेश्वरी उच्च माध्यामिक विद्यालयमा निर्माणाधिन तीन कोठे भवनको रकम हिनामिना भएको आरोप लागेको छ । तीन कोठे भवन निर्माण हुनुपर्ने भएपनि दुई कोठा मात्रै निर्माण गरेर रकम हिनामिना भएको पत्ता लागेको हो ।

भवन निर्माणका लागि निकासा भएको १९ लाख ५० हजार रुपैयाँबाट ४ लाख ५० हजार रुपैयाँ हिनामिना भएको देखिएको विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट पक्षले आरोप लगाएका छन् । उनीहरुको अनुसार भवन निर्माण योजना पास गर्ने बेला सो रकम जिल्ला शिक्षा अधिकारी सुर्यबहादुर सिंहलाई दिइएको आरोप लगाएका छन् ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बर्कबहादुर रोकायाले भवन योजना पार्नका लागि जिल्ला शिक्षा अधिकारीलाई घुस दिएको बताए । उनले पहिले ४५ लाख रुपैयाँमा ६ कोठे भवन निर्माण योजना पार्ने र त्यसवापत ६ लाख रुपैयाँ घुस दिनुपर्ने जिल्ला शिक्षा अधिकारीसंग सहमति समेत भएको जानकारी दिए । तर, त्यो योजना भने सफल हुन नसकेपछि १९ लाख ५० हजार रुपैयाँ बजेटमा तीन कोठे भवन निर्माण योजना परेको बताए ।

अर्कोतिर एक स्थानीय राम सिंहले राजनीतिक दलका कार्यकर्तालाई रकम बाँडिएको दाबी गरे । तीन कोठे भवन निर्माण गर्नुपर्ने भएपनि दुई कोठा मात्रै निर्माण भएका छन् । फर्निचर पनि बनाइएका छैनन् । त्यस्तै, मजदुरहरुले पनि अहिलेसम्म ज्याला पाउन सकेका छैनन् ।

यता जिल्ला शिक्षा अधिकारी सिंहले भने आफूले भवन निर्माण योजना पास गर्दा कुनै घुस नलिएको दावी गरेका छन् ।

यता विद्यालयका प्राचार्य तुलसी प्रसाद जोशीले भवन निर्माणका क्रममा जिशिअलाई रकम दिनका लागि चेक काटेर दिएको र यो काम पटक पटक धम्की आएपछि जिशिअका प्रतिनिधि (राम सिंह)लाई बुझाएको स्वीकार गरे ।

विद्यालयका सहायक प्राचार्य ज्ञानबहादुर रोकायाले पनि ‘हेड सरको हातबाट जिशिअलाई चेक गएको’ बताए ।