– सुधासुमन ढकाल
दाङ, १७ फागुन । दाङको पवननगर ८ मा कुटपिटबाट एक जना गम्भिर घाईते भएका छन् ।
घाईते हुनेमा सोहि ठाउ निवासी बिजुराम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार घाईते चौधरीको कोहलपुरमा उपचार भईरहेको छ ।
स्थानिय एक घरमा वैवाहिक कार्यक्रममा सहभागी युवाहरुबिच विवाद हुदा घटना भएको प्रहरीले जनाएको छ । विवादका क्रममा पवननगर ३ निवासी १८ वर्षिय चुडामणी भट्टराई लगायतकाले ६ जना युवाहरुको समुहले चौधरी माथी टर्च प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख भवनेश्वर तिवारीले जानकारी दिनुभएको छ ।
घटनामा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाइएको छ ।












प्रतिक्रिया