१३ कार्तिक २०८३, शुक्रबार

आशा र शर्मिलाले राजदूत बन्न देउवा पत्नी आरजुलाई करोडौँ बुझाएको खुलासा, यस्तो छ कनेक्शन

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । बालुवाटार स्रोतका अनुसार राजदूत सिफारिसमा कांग्रेस सभापति शेरबहादुर देउवाले मोटो रकम बुझेका छन् ।

सभापति देउवाले स्ववियू निर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीलाई आर्थिक सहयोग गर्ने नाममा दाताको खोजी गरेका हुन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

दाताको खोजीमा देउवाले पत्नी डा आरजु राणालाई परिचालन गरेका हुन् । त्यसको लागि उनले जनजाति नेतालाई प्रयोग गरेकी थिइन ।

स्रोतका अनुसार आरजुले नैं जिपछिरिङबाट तीन करोड रूपैयाँ आशा लामालाई यूएइ (संयुक्त अरव इमिरेट्स) को राजदूतमा सिफारिस गरिदिने भनेर लिएकी थिइन् ।

तर राजदूत सिफारिस गर्ने निर्णय भएको एक सातासम्म पनि संसदीय सुनुवाईको लागि संसद सचिवालयमा सरकारले पत्राचार नगरेपछि उनी आरजुसँग रूष्ट बनेकी थिइन् ।

संसदीय सुनुवाईमा आफ्नो नामा पठाउनुको सट्टा मन्त्तीपरिषद् बैठकको निर्णयमा नैं आफ्नो नाम टिपेस लगाएर हटाईएपछि आशा यतिवेला रकम फिर्ता पाउनु प-यो भन्दै हिँड्न थालेकी छन् ।

त्यस्तै, विजय गच्छेदारलाई आजभन्दा आठ महिनाअघि नैं तीन करोडमा डिल गरेर दुई करोड बुझाएकी शर्मिलाले अघिल्लो साता देउवा पत्नी आरजुलाई एक करोड दिएको बालुवाटार स्रोतले पत्ता लगाएका छ । उनले आफूले तीन करोड खर्च गर्दा समेत राजदूत हुन नपाए त्यो रकम व्याजसहित फिर्ता पाउनु पर्ने चेतावनी दिएकी छन् ।

शर्मिलाले आफूले राजदूत हुने सर्तमा गरेको आर्थिक सहयोग फिर्ता नभए भण्डाफोर गरिदिने चेतावनी बुढानिलकण्ठ निवासलाई दिएकी छन् ।
देउवाले पूर्ब श्रम राज्यमन्त्री टेकबहादुर गुरूङबाट पनि दुई करोड उठ्ती गरेको बुझिएको छ । गुरूङले आफूले सिफारिस गरेको व्यक्ति रमेश प्रसाद कोइरालालाई कतारको राजदूतमा नियुक्तिका लागि सिफारिस गरे दुई करोड पार्टीलाई सहयोग गर्ने वचन दिएका थिए । दुई करोडमध्यै एक करोड रूपैयाँ भने उनले आरजुकै हातमा बुझाइ सकेको स्रोतले वतायो ।

देउवा पत्नी आरजुले कुटनीतिक क्षेत्रमा आफ्नो पकड जमाउन र स्थानीय तहको निर्वाचनमा समेत पार्टीलाई चाहिने खर्च जुटाउन राजदूत पदको डाक बढाबढ गरेकी हुन् । आरजुकको सक्रियतामा राजदूतमा सिफारिस परेकाहरूसँग रकम उठाएको थाहा पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले समेत मन्त्रीपरिषद्को निर्णय एक सातासम्म होल्ड गरेका छन् ।

देउवाले लामा, पराजुली र कोइरालालाई दाताको हैसियतले राजदूतमा सिफारिस गरेका छन् भने वाँकी चारजनामध्ये अर्जुनजंगबहादुर सिंह सूदुरपश्चिमको कांग्रेस नेता भएको नाताले र चोपलाल भूषाल खुमबहादुर खड्काको सिफारिसमा राजदूतमा सिफारिस भएका हुन् ।

आरजूलाई कांग्रेसले म्यानमारको राजदूतमा सिफारिसमा परेका भीम उदासबाट समेत एक करोड उठाएकी छिन् । कांग्रेसको कोटामा परेका प्रा।डा। विश्वम्भर प्याकुरेलले भने श्रीलंकाको राजदूतमा सिफारिसमा परेर पनि देउवा पत्नीलाई एक कौडी पनि नबुझाएको बालुवाटार सूत्रले पत्ता लगाएको छ ।

दाताको रूपमा नभए पनि देउवाले पत्नी आरजुको दबाबमा सासु प्रतिभा राणालाई जापानको राजदूतमा सिफारिस गरेका छन् । उनले सासुलाई जापानको राजदूतमा सिफारिस गरे संविधान संशोधन विधेयकमा राप्रपाले समेत सहयोग गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए ।

राजदूत पदहरू डाक बढाबढको आधारमा विक्री हुन थालेपछि कांग्रेस नेताहरूले देउवाप्रति चरम असन्तुष्टी व्यक्त गरेका छन् । कतिपय मन्त्रीले नैं देउवालाई कति पैशा लिएर आसालाई राजदूत नियुक्ति गरेको हो भनी जिज्ञासा राख्दा देउवा नाजवाफ भएका थिए । यस्तो प्रस्न वाणिज्य मन्त्री रोमी गौचन थकालीले देउवालाई गरेको थिए ।

देउवाको नाता र दाताको प्रभाव राप्रपामा पनि परेको छ । त्यसैले राप्रपा अध्यक्ष कमल थापाले पनि आफ्नै सम्धीलाई राजदूतावास नैं नभएको स्पेनमा राजदूतको सिफारिस गरेका छन् ।

नेपाली सेनाका अवकासप्राप्त सहायक रथी भरतबहादुर रायामाझी प्रस्तावित स्पेनको राजदूतमा सिफारिसमा परेका हुन् । राजदूत नियुक्तीको बिषयमा बिरोध हुने थाहा पाएपछि देउवाले कांग्रेसको चार महिनादेखि केन्द्रीय कार्य समिति बैठक पनि बोलाएका छ्रैनन् ।