१३ कार्तिक २०८३, शुक्रबार

नाता र दाता रोज्दै देउवा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एकाधिकारवादी निरंकुश कार्यशैलीले सीमा नाघेपछि पार्टी भित्र उनको बिकल्पको खोजी हुन थालेको छ ।

कांग्रेसको गत वर्ष फागुनमा सम्पन्न १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले देखाएको निरंकुश कार्यशैलीका कारण पार्टी भित्रकै असन्तुष्ट पक्ष मात्र होइन उनकै गुटका नेतासमेत आजित भएका छन् । देउवाको राजनीतिक गर्ने कार्यशैली र मापदण्ड दाता र नाताभन्दा माथि उठ्न नसकेको भन्दै पार्टी भित्रैबाट उनको आलोचना हुन थालेको हो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

देउवाको कार्यशैलीप्रति असन्तुष्टी र बिरोध भन्दा पनि उनका क्रियाकलाप र निर्णयले इमान्दार लोकतन्त्रवादी कांग्रेसीहरूले शिर निहु¥याएर हिँड्नु परेको भन्दै देउवाको आलोचना गर्न थालेका हुन् । योग्यता, क्षमता, अनुभव र योगदानलाई मुल्याङ्कनको मापदण्ड कहिल्यै नबनाउने देउवाले हालै प्रहरी संगठनको प्रमुख चयन र राजदूत नियुक्तिमा देखाएको एकल, निरंकुस, नातावाद र दाताबादलाई लिएर देउवाको कठोर आलोचना हुन थालेको हो ।

देउवाले इमान्दार र स्वच्छ छवि बोकेका लोकतन्त्रवादी सारा कांग्रेस र कुटनीतिक क्षेत्रमा योगदान दिएका योग्य नेपालीको शीर झुकाउँदै नेपाली चेलीलाई वैदेशीक रोजगारीको नामम अरवको खाडीमा बिचल्ली बनाउन योगदान दिएकी आशा लामालाई संयुुक्त अरब इमिरेट्सको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । डाक बढाबढको आधारमा देउवाले कांग्रेसका पूर्बकेन्द्रीय सदस्य तथा शेर्पा कन्स्ट्रक्सनका मालिक जीपछिरिङ लामाको सिफारिसमा उनीबाट तीन करोड रूपैयाँ लिएर राजदूतमा सिफारिस गरेका हुन् ।

गत संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर चारबाट राष्ट्रिय जनमोर्चाको उम्मेदवार बनेकी आशा लामालाई यूएइको राजदूतमा सिफारिस गर्नुको पछि करोडौंको चलखेल भएको भन्दै बैदेशीक रोजकार व्यवसायी संघका नेताहरूले कांग्रेस सभापति देउवाको ध्यानाकर्षण गरेपछि राजदूत नियुक्ति प्रकरणले कांग्रेसको प्रतिष्ठामा कालो धब्बा लगाएको हो ।

बैदशीक रोजगार व्यवसायिले आशा लामा कांग्रेस निकटको नभएको र उनलाई कुटनीतिक क्षेत्रको मर्यादित पदमा सिफारिस गरिए मुलुकको इज्जत र प्रतिष्ठामै आँच आउने भनेपछि देउवाले लामाको पृष्ठभूमि सोधखोज गरेका थिए ।

बुढानिलकण्ठ निवास स्रोतका अनुसार लामालाई कसरी राजदूतमा सिफारिस गरेको भनी परराष्ट्र मन्त्री समेत भएका डा. प्रकाशशरण महतलाई सोध्दा उनले पूर्बकेन्द्रीय सदस्य जीपछिरिङ लामाको सिफारिसलाई आफूले सद्धर मात्र गरेको वताएका थिए । देउवालाई जिपछिरिङको नाम लिने बित्तिकै मुख बुझो लागेछ । खै किन्न हो कुन्नी ति जिपछिरिङ भनेपछि सभापति देउवा पत्नी आरजुसँग भन्दा पनि बढी र धेरै समयदेखि सतर्क हुने र जे भन्यो त्यही काम फत्ते गर्दा रहेछन् ।

आफूलाई नामुद ठेकेदारको कसीमा राख्न पछि नपर्ने जिपछिरिङ र कांग्रेस सभपाति देउवाको लगनगाँठो पनि बुझिनसक्नु छ, धेरैलाई । तर थोरैलाई थाहा होला जीपछिरिङ देउवाको कुनैं नातेदार होइनन्, कांग्रेसमा उनको योगदान पनि त्यति बिघ्न पनि छैन । उनको योगदान त दर्जनौं बिकास निर्माणका बाटो घाटोको ठेक्का लिने र भेरिएसन अर्डरको नाममा विकास आयोजनाको लागत बढाउन भने उनको योगदान अपरम्पार छ ।

त्यसैले तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा गठीत शाही आयोगले मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्रकरणमा करोडौं कुम्ल्याएको आरोप लाग्यो । देउवाको नाता त्यही हो जिपछिरिङसँग जुनबेला देउवाले प्रधानमन्त्री भएर मेलम्चिको ठेक्का उनैलाई दिलाए । देउवाले राजा ज्ञानेन्द्रको प्रतिगमनकाल अर्थात संकटकालिन अवस्थामा गरेका हरेक आर्थिक घोटालाका मूल सूत्राधार जिपछिरिङको सिफारिस त्यसै भएर पनि देउवा हत्तपत्त काट्न सक्दैनन् ।

देउवाले जिपछिरिङको सिफारिस काट्न सकेनन तर आशाको कुन योग्यताको आधामार सिफारिस गरेको भनेर सोधनी हुँदा जवाफ दिएछन ‘जनजाति हो, महिला शसक्तिकरण र व्यवसायमा लागेको राजनीतिको पनि अनुभव भएको महिला हो आशा, उनीबाट हामीले धेरै आशा लिएका छौं ।’

जिपछिरिङले भने झैं देउवाले आशाबाट के आशा गरेका हुन बुझ्न सकिएन तर आसाबाट सार्बजनिक रूपमा बेइज्जती खप्नु परेपछि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आशाको नाम टिपेक्स लगाउन मुख्य सचिवलाई आदेश दिएछन् । मुख्य सचिव डा. सोमलाल सुवेदीलाई देउवाले आशाको नाममा निरासा हुँदै टिपेक्स लगाउन निर्देशन दिने वित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाली चेली ढकालकी बुहारी दुवइमा उच्च शिक्षा हासिल गरेपनि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट ओमानका लागि राजदूतमा सिफारिस भएकी शर्मिला पराजुली ढकालको पनि नाममा टिपेक्स लगाएछन् । प्रचण्डको तर्क थियो ‘बैदेशिक रोजगार व्यवसायमा संलग्न भएकाहरूलाई कुटनीतिक क्षेत्रमा सिफारिस गर्दा बिबाद आएकोले उनीहरूको नाममा टिपेक्स लगाउन भनिएको हो ।’

एमाले अध्यक्ष केपी शर्मा ओली सरकार भएकै बेला गतबर्ष असारमा ओमानकै राजदूतमा सिफारिस भएकी शर्मिलालाई भने फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छेदारले सिफारिस गरेका हुन् । सरकारले संसदमा ल्याएको संविधान संशोधन बिधेयकको पक्षमा मतदान गर्ने सर्तमा गच्छेदारको सिफारिसमा शर्मिलालाई राजदूतमा सिफारिस गरिएको थियो ।