१९ कार्तिक २०८३, बिहिबार

आज विहानको भूकम्पले एक जनाको ज्यान लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ फागुन । रामेछाप केन्द्रविन्दु बनाई आज विहान गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ ।

पराकम्पन जाँदा भाग्ने क्रममा रामेछापको गेलुमा स्थानीय ज्ञानकुमार तामाङको भाग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान रामेछाप केन्द्रबिन्दु भएर ४४ मिनेटको अन्तरमा दुई पटक पराकम्पन गएको थियो । बिहान ९ बजेर २२ मिनेटमा पहिलो पटक ४.६ र १० बजेर ६ मिनेट जाँदा दोस्रो पटक ४.७ रेक्टर स्केलको परकम्प गएको थियो ।

दुई वर्ष अगाडी बैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्प पछि यसको पराकम्पन जाने क्रम अझै रोकिएको छैन ।