सल्यान, १६ फागुन । सल्यानको मुलखोलामा चारवटा खुट्टा भएको कुखुराको चल्ला निक्लिएको छ ।
मुलखोला गाउँ विकास समिति वडा न २ डोप्पे निवासी गुमान बुढाले पाल्दै आएको कुखुराको अण्डाबाट चारवटा खुट्टा भएको चल्ला निक्लिएको हो । दुई खुट्टा अगाडि र २ खुट्टा पछाडि रहेको बुढाले जानकारी दिएका छन ।
बुढाले पाल्दै आएको कुखुराले चार वटा खुट्टा भएको चल्ला निक्लिएको थाहा पाएपछि गाउँमा अहिले कुखुराको चल्ला हेर्नेको भिड लाग्न थालेको छ ।
कुखुराले दिएको अण्डाबाट निक्लिएका अन्य चल्लाहरु भने सामान्य रहेको र एक वटामात्रको मात्र ४ खुट्टा रहेको उहाँले बताउनु भयो ।
चार खुट्टाको चल्ला निक्लिए पछि अनौठो मानेर बुढाको घरमा चल्ला हेर्नेको भिड लाग्न थालेको छ ।













प्रतिक्रिया