१९ कार्तिक २०८३, बिहिबार

अबैध प्याथोलोजी र क्लिनिक सञ्चालक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुधासुमन ढकाल

दाङ, १६ फागुन । दाङ प्रहरीले अबैध रुपमा प्योथोलोजी सेन्टर र डेण्टल क्लिनिक सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

प्युठान भिग्री ७ घर भई हाल दाङको लालमटिया ३ मा स्वर्गद्धारी डेण्टल सञ्चालन गरी बस्ने २६ वर्षिय समिर भण्डारी र जाजरकोट भेरीमालिका १० घर भई हाल भालुवाङ बजारमा मौसम प्याथोलोजी सेण्टर सञ्चालन गरी बस्ने २३ वर्षिय गौतम गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।

अपराध नियन्त्रण तथा अवैध कारोवार नियन्त्रण अन्तरगत जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विषेश अभियान टोलिले उनीहरुलाई हिजो पक्राउ गरेको एसपी सिंहले बताउनुभयो । विना स्वीकृत प्याथोलोजी सेण्टर र डेण्टल क्लिनिक सञ्चालन गरिरहेको र अबैध रुपमा औषधी बिक्री वितरण गरिरहेको आरोपमा कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुको बारेमा थप अनुुसन्धान भईरहेको प्रहरीले जनाएको छ